च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् फु्र्सदमा के गर्ने ? अध्ययन या घुमघाम ? तन्नेरी र पहुँच भएकाको जवाफ हुनेछ- साइबर । राजधानीका युवापुस्तालाई यतिवेला च्याटिङ मोहले गाँज्दै लगेको छ ।
मैतीदेवीकी सपना शर्माका लागि साइबर धाउनु र घन्टौं साइबरमा रम्नु दिनचर्या बनेको छ । उनको एउटै ध्येय छ- साथीहरूको सन्जाल वृद्वि गर्ने । फरक-फरक स्वभाव र संस्कृतिका साथीहरूसँग च्याट गर्दा अनौठो अनुभूति हुन्छ । प्रविधिले जीवनलाई रमाइलो तुल्याएको छ । कार्यालय, घर या साइबर क्याफे जहाँ होस् च्याटरूम छिर्नका लागि एउटै इमेल आइडी भए हुन्छ । त्यसैले त धेरै युवायुवतीका हात सल्बलाइरहेका हुन्छन् किबोर्डमा । याहु, गुगल, एमएसएनका च्याटरुम इन्टरनेट प्रयोग गर्ने धेरैको डेस्टिनेसन बनेको छ ।केही वर्षयता युवापुस्तामा च्याटमोह ह्वात्तै बढेको बताउँछन् पुरानो बानेश्वर कम्युनिकेसनका हरिश्याम केसी । कुनै समय यस्तो थियो- फुर्सद मिल्यो कि युवापुस्ता स्नुकर वा पुलका पछाडि लागिहाल्थ्यो । तर, अहिले गल्लीगल्लीमा खुलेका छन् साइबर क्याफे । अहिले तन्नेरीहरूमा देखिएको साइबरप्रतिको व्यस्तताले साइबर व्यवसाय राम्रै फस्टाएको देखिन्छ ।
किशोरकिशोरी 'टाइम-पास' र रमाइलोका लागि साइबर धाउने गर्छन् । त्यसैगरी आरआर क्याम्पसमा अध्ययनरत ठमेलकी प्रतिभा लोहनी पनि साइबर पारखी हुन् । इन्टरनेटलाई खुला र विशाल लाइबे्ररीको रूपमा पनि प्रयोग गर्न सकिने हुनाले उनका लागि अध्ययनको सही थलो हो साइबर । 'यसलाई कसरी प्रयोग गर्ने व्यक्तिमा भर पर्छ,' लोहनी सुनाउँछिन्, 'कयौंपटक मलाई च्याटिङबाट प्रेमप्रस्ताव आएको छ ।' त्यसो त क्याबिनसहितको साइबरमा अश्लील क्रियाकलाप हुनेसमेत अनुमान गरिन्छ । बिनाचुकुलका तीन क्याबिन रहेको पुतलीसडकस्थित एक साइबर व्यवसायी भने यसलाई सोझै नकार्छन् । तर, यौनजन्य साइटप्रति युवापुस्ता आकषिर्त भने पक्कै छन् ।
च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् । अनलाइन च्याट एलर्ट डटकम भन्छ- '९० प्रतिशत यौनजन्य कुराकानी च्याटरुममा हुन्छन् ।' सोही अनलाइनको रिपोर्टअनुसार अनलाइनमा हुने ५० प्रतिशत बालकहरू च्याटमार्फत नै यौनजन्य कुराहरूमा लाग्छन् । उमेर, अनुहार र परिचय नखुल्ने भएकाले पनि फेक इमेल आइडीको प्रयोग गरी च्याट गर्न सकिने भएकाले बालबालिकाको च्याटरुम प्रवेशले यौनजन्य हिंसामा वृद्धिसमेत भएको छ । अर्को अनौठो उदाहरण पनि छ । दिनरात आफू घोटिएर सन्तानको इच्छा पूरा गर्न जुटेकी नक्सालकी मैया बस्नेत छोरा कम्प्युटरमा झुम्मिएकोमा हषिर्त छिन् । छोराले त्यहाँ के गर्दै छ भन्नेचाहिँ उनलाई थाहा छैन । थोरै पढेलेखेकी उनी छोराले कम्प्युटरबाट धेरै कुराहरू सिकिरहेको ठानिरहेकी छिन् । तर, छोराको धेरै समय भने च्याटमा र यौनजन्य साइटहरूमा नै बितिरहेको हुन्छ । आफूले इन्टरनेट चलाउन थालेदेखि नै च्याटमा बस्ने गरेको बताउँछन्, तीनकुनेका प्रदीप घिमिरे । पेसाले शिक्षक बताउने प्रदीप भन्छन्, 'फुर्सद भयो कि च्याट गर्नतिर लागिहाल्ने । यसमा आफूले नाम जे राखे पनि हुने र को साथी हो भन्ने पनि खासै पहिचान नहुने भएकाले पनि च्याटरुमको मज्जा नै अलग छ ।' घिमिरे भन्छन्, 'मैले पनि धेरै केटी साथी बनाएको छु च्याटबाट नै र कतिपयसँग त म डेटिङ पनि गएको छु ।'
च्याटमा रमाउनेले आफ्नो इच्छाअनुसारको च्याटरुम क्रिएट पनि गर्न सक्छन् । नेपाली च्याटप्रेमीले तयार पारेका केही रुमहरू हुन्- नेपाली माया, केटी मात्र, पोखरेली ठिटी । यस्ता च्याटरुममा जानेहरू पनि उस्तै इच्छा र चाहना भएका हुन्छन् । यौनकुण्ठा पोख्ने थलो च्याटलाई बनाउनेहरूले आफ्ना विषयअनुसारका च्याटरुम तयार मात्र पार्दैनन्, निकै छिल्लिएर पो कुरा गर्छन् त । त्यसका लागि तयार पारिएका हुन्छन्- फेक इमेल आइडी ।
MY GIRL a movie
AFNO TV
New Nepali Songs
Monday, April 6, 2009
Tuesday, March 17, 2009
रोमान्स,अरुणिमा-नरेश र जिन्दगी
निर्देशक नरेश पौडेल र नायिका अरुणीमा लम्सालबीचको प्रेम रोमान्सको बारेमा फिल्ममा रुची राख्ने कोही पनि अनभिज्ञ छैन । निर्देशक नरेशले नै नायिका बनाएकी अरुणीमासँगको सम्बन्धका कारण उनी चर्चामा आउने गर्छन ।
जतिबेला निर्देशक नरेशले जेठी श्रीमती छाडेर काठमाण्डौ, सुन्दरीजलकी अमृतासँग लगनगाँठो कसे, त्यसैबखत अरुणीमाले पनि बिराजनगरका सरकारी कर्मचारी अमीत अर्यालसँग बिहे गरिन् । यी दुइ प्रेमीको बिहे एकै समयमा भएको थियो ।
नायिका अरुणीमालाई 'रखौटी' बनाएका निर्देशक नरेशले अरुणीमासँग बिहे गर्न खोजेका थिए । तर अरुणीमाले नरेशसँग अरु जे गरे पनि गर्ने तर बिहे भने नगर्ने कुरा बारम्बार दोहोर्याएपछि आफूहरुबीच मायापीरतीको बारेमा लागेको कालो धब्वा मेटाउनका लागि दुवैले सल्लाहले अर्को-अर्को पुरुष-स्त्रीसँग लगनगाँठो कस्न पुगे । अर्काकी श्रीमति भइसकेपनि अरुणीमा अझसम्म पनि नरेशको अंगालोमै हुने गर्छिन । नरेश पनि अरुणीमालाई छोड्न सक्दैनन । अरुणीमा दिनभर नरेशसँग र रातभर आफ्ना पनि अमीतसँग हुने गर्छिन । कहिलेकाही सुटिङको निहु पारेर रातभरि पनि नरेशसँग हुने गर्छिन । अरुणीमाका पति भने आफ्नी स्वास्नी अरुणीमा राम्री र हिट हीरोइन भएका कारण उनको रिस गर्नेहरुले उनी र नरेशको बारेमा अफवाह फैलाउने गरेको बताउदै हिड्छन् । अरुणीमाले पनि आफ्नो रिस गर्नेहरुले आफू र नरेशको बारेमा हल्ला फैलाएको भन्दै आफ्नो लोग्नेको आँखामा छारो हाल्छिन् । उता, फिल्म खेल्न पाइरहने मोहले अरुणीमाकी आमा राधा लम्साल पनि आफ्नी छोरीको पक्षमा लागेर ज्वाइसँग ठिक्क पार्ने गछ्रिर्न् ।
निर्देशक नरेशले आफ्नी प्रेमीका अरुणीमाका लागि दीपशीखा फिल्म बनाएका छन् । यति मात्र नभएर उनले दीपशीखाको स्त्रिmप्ट राइटरमा अरुणीमाको नाम राखेका छन् । यसै बीच अरुणीमाले आगामी असारदेखि आफै फिल्म निर्माण गर्ने भएकी छन् । त्यो फिल्मको कथा छनौटका लागि अरुणीमा अचेल बिभिन्न हिन्दी फिल्महरु हेनमा व्यस्त छिन् । फिल्मको निर्देशक भने नरेशले नै गर्नेछन् ।
आफ्नी प्रेमीका अरुणीमाका लागि नरेशले कतिसम्म गर्छन भन्ने कुरा हालै पोखरामा दीपशीखा फिल्मको सुटिङको बेलामा देखियो । सुटिङका लागि नरेश पोखरामा आफ्नी पत्नी अमृता र छोरा सहित पुगेका थिए । श्रीमतीले फेवाताल घुम्न लग्नुस् न भन्दा नरेशले सुटिङको टेन्सन छ भनेर टारे । तर, जब उनलाई प्रेमीका अरुणीमाले फेवाताल घुम्न जाउ भन्ने इशारा मात्र के गरेकी थिइन, नरेश अरुणीमालाई लिएर सुटुक्क फेवातालमा बोटिङ गर्न पुगीहाले । यो कुरा पत्नी अमृतालाई थाह भइहाल्यो । त्यसपछि त के चाहियो, सुरु भइहाल्यो नि 'सौता-सौता' को कपाल कुइँयाइ । पति-प्रेमी नरेशलाई 'दुइटी' बीचको झगडा टुङ्याउन हम्मेहम्मे पर्यो ।
पोखरा काण्डपछि नरेश अचेल वत्ती नजादै कुपण्डोलस्थित घरमा पुग्न थालेका छन् । उनलाई चेकीङ स्वरुप उनकी पत्नी अमृताको फोन छिनछिनमा आइरहन्छ । नरेशले आफ्नी पत्नीसँग आफू सुध्रीएको बाचा बाँधेर दाम्पत्य जीवन जोगाउने कसरतमा छन् । तर, दूध चोरेर खान पल्केको बिरोलो कहिल्यै साँधू बन्छ र ? अहिले पनि नरेश र अरुणीमा बीच माया प्रेम उत्तिनै गाढा छ । रक्सीले मातेपछि एकसाझमा नरेश बरबराए, 'म कहाँ छोड्न सक्छु र अरुणीमालाई । ऊ त मेरो जिन्दगी हो ।'

Thursday, March 12, 2009
‘थाना’मा भुवन केसी
नायक भुवन केसीविरुद्ध प्रहरीमा उजुरी परेपछि बिहीबार उनी प्रहरी चौकीमा हाजिर भएका छन्। ´अवान्छीत तवरले प्रेसमाथि धावा बोलेको´ भन्ने पत्रकार विश्वमणी सुवेदीको उजुरीका उपर सुनुवाई गर्नका लागि प्रहरीले बोलाएपछि उनी बिहीबार दिउँसो गौशाला प्रहरी चौकीमा उपस्थित भएका हुन्। माघ २३ मा राजधानीमा आयोजित ´हाँसिदेउ एकफेर´ फिल्मको शुभ मुहुर्तमा भुवन केसीले ´पत्रकारलाई थप्पड हान्ने´ बताएका थिए। सोही कार्यक्रममा उपस्थिति पत्रकारहरूले भुवनको यो भनाईको प्रतिवाद गरेपछि उनले जनआस्था साप्ताहिकका पत्रकार विश्वमणी सुवेदीको नाम तोकेर उनलाई थप्पड हान्ने बताएका थिए। भुवनको यो भनाई आएको करिब एक महिनापछि बुधबार सुवेदी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा सार्वजनिक अपराध ऐन अर्न्तगत भुवनलाई कारबाही माग गर्दै मौखिक उजुरी दिएका थिए। गृहमन्त्री वामदेव गौतमका प्रेस संयोजकसमेत रहेका सुवेदीको उजुरी परेपछि गौशाला प्रहरीले भुवन र सुवेदी दुवैलाई चौकीमा बोलाएको थियो। भुवन केसीको घर क्षेत्र सिनामंगल गौशाला कार्यालयको क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरीले गौशालालाई यो केश जिम्मा लगाएको थियो। साँझ साँढे पाँच बजे भुवन प्रहरी कार्यालय पुगेका थिए। उजुरी आएकाले कुरा बुझ्नका लागि भुवनलाई बोलाएको गौशाला कार्यालयका प्रहरी निरिक्षक सन्तोष तामाङले बताए। ´थाना´ मा भुवन र सुवेदी दुवै उपस्थित भएपछि प्रहरीको रोहवरमा उनीहरूको कुरा मिलेको छ। ´हाम्रो कुरा मिल्यो´ प्रहरी चौकी गएर फर्केपछि भुवनले दैनिकीलाई भने– ´दुवै पक्षबाट गल्ती भएकाले फेरि यस्तो नगर्ने सहमति भयो।´ ´तिमीले पनि जथाभावी लेख्न नहुने मैले पनि आवेशमा आएर यस्तो कुरा गर्नु नहुने भनेर मैले भने, हाम्रो कुरा मिल्यो´ भुवनले भने। सुवेदीले पनि ´कुरा मिलेको´ बताएका छन्। ´उनले आवेशमा आएर भने गल्ती भयो भने, मैले फेरि प्रहरी चौकीमा भेट्नु नपरोस् भनें´ उनले भने।
Wednesday, March 11, 2009
बेड शेयर गर्न मात्र किन बिहे गर्ने ?: कोमल वली
'सुन हजुर घर मेरो टिकरी, जिन्दगीमा क्यै छैन फिकरी' भनेर दाङ जिल्लाको टिकरीमा हुर्किएकी गायिका कोमल वलीको चर्चा बिहेको मौसमहरुमा ज्यादै चर्चामा आउँछ । जीवनका यौवनपूर्ण वर्षहरू बित्दै जाँदा बिहेका बारेमा उनी स्वयंलाई भन्दा उनका शुभेच्छुकलाई चिन्ता बढ्न थालेको छ । अहिले राष्ट्र लोडसेडिङमा परेका बेला उनको चर्चा पनि लोडसेडिङमा परेको छ । फागुन पनि बित्न लाग्दा उनको बिहेको चर्चा पनि सेलाइसकेको छ । प्रस्तुत छ उनै कोमल वलीसँग गरिएको यो संवाद :
तपाइँ बच्चामा के बन्न चाहनुहुन्थ्यो ?
मलाई अझै याद छ, बुवाले भविष्यमा तिमी के बन्छौ भनेर सोध्नु हुँदा म प्रधानमन्त्री हुन्छु भन्थेँ ।
कुन बेला तपाईँलाई म गायिका हुन्छु भन्ने लाग्यो ?
मैले २०४२ सालतिर नै स्कूल पढ्दाताका काठमाडौँ आएर गाउँदा गोल्डमेडल पाएकी थिएँ । खेलकूदमा पनि उत्तिकै सक्रिय थिएँ । म्युजिक नेपालले २०४४ सालतिर राप्तीको भेल एल्बम निकालेपछि गायनमा पनि जम्न मन लाग्यो । किनभने, त्यो एल्बम पश्चिममा निकै पपुलर भयो र हरेक ठाउँ जाँदा मलाई मान्छेले त्यो एल्बमकी गायिका भनेर निकै नै माया गरे । त्यसपछि मेरो बाटो त यही रहेछ भन्ने लाग्यो । (उनले आफ्नै आँखाअगाडि ती हाइहाइपूर्ण दिनहरु अहिले देखेझैँ अनुभूत गरिन् ।)
तपाइँ अहिले त यत्तिकी आकर्षक हुनुहुन्छ, त्यसबेला त झनै हुनुहुन्थ्यो । केटाहरुले आँखा लाउँथेनन् ?
(उनको आँखामा चमक देखियो) लाउँथे होलान् तर मलाई उति याद छैन । किनभने म बेफ्वाँक र टम ब्वाई शैलीकी केटी थिएँ । हामी खेलकूदको क्लोजक्याम्पमा हुँदा केटाकेटीको उति धेरै भेद हुँदैनथ्यो । आफ्नो टिममा बसिन्थ्यो । र, ठूलो मान्छे हुनुपर्छ, नाम कमाउनुपर्छ भन्ने ध्याउन्नले मेरो दिमागमा अरु कुराहरु आउन दिएनन् र शायद कसले मलाई आँखा झिम्क्यायो, केटाको आशय के थियो भन्ने तिर उति ध्यान जाँदैनथ्यो ।
अब यो चैँ नभन्नुस् कि कसैले पनि प्रेम प्रस्ताव राखेन ?(केहीबेर लामो हाँसो हाँस्दै) हैन, हैन । कुनै पनि एक्टिभ केटीलाई केटाहरुले प्रस्ताव नराख्ने भन्ने कुरा नै छैन नि ।
तपाइँको जीवनमा पहिलो प्रेम प्रस्तावका विषयमा बताउनुस् न त ?
(अब चाहिँ उनी निकै गम्भीर देखिइन् । ल्यापटपमा रेकर्ड भइरहेको उनको अन्तर्वार्तातिर उनले एक पटक नजर लगाइन् । घोरिएझैँ गरी उनले दुवै हात कपालमा राखिन् र केही झुकिन् । उनको आँखामा केही असजिलोपन महसूस गरेँ मैले । घोरिएको मुन्टो उठाएर उनले मतिर हेरिन् ।) जसले मलाई जीवनमा पहिलो पटक प्रस्ताव राखेँ, ती पनि खेलाडी नै थिए । तिनी बक्सिङका खेलाडी थिए र एकपटक निकै गम्भीर विरामी परेर अस्पताल भर्ना भए । हामी सप्पै खेलाडीहरु मिलेर उनलाई भेट्न जाने भन्ने कुरा भयो । हामी केटा र केटीको हुल बाँधेर अस्पतालमा उनलाई हेर्न गयौँ । पछि मलाई एकान्तमा बस्न र अरु साथीलाई पठाइदिन अह्राए । म एक्लै भएको मौका पारेर उनले मेरो हात समाते । त्यो क्षणमा मलाई पहिलो पटक लज्जा महसूस भयो । मलाई पहिलो पटक म आफू स्त्री रहेछु र ममा पनि लज्जा रहेछ भन्ने लाग्यो ।
अनि ?(एउटा लामो हाँसो) मलाई त यस्तो भयो.... मलाई एकदमै लाज लाग्यो । मलाई दिमागमा ला...! भन्ने लाग्यो । म अरुलाई कन्ट्रोलमा राख्ने, कडा मिजासकी... यस्ती केटीलाई पनि कसैले मन पराउँदोरहेछ भन्ने लागेपछि मलाई त सिनेमाको जस्तो धडाङधडाङढ्याङ भयो । तर म अलि महत्वाकांक्षी थिएँ । ओहो... मेरो हाल के होला बिहेबारी, प्रेममा फँस्यो भने ! भन्ने लागेर भविष्य बिगार्न हुन्न भन्ने लाग्यो । विस्तारै, उनीसित दूरी कायम राख्न थालेँ । हिजोसम्म केटा र केटीबीच भिन्नता नदेख्ने मलाई अब केटाहरुसित दूरी बनाउनु पर्ने आवश्यकता पर्यो ।
भनेपछि तपाइँलाई पहिलो पटक त्यतिबेला केटी भएको महसूस भयो ?
अँ, भन्या । मेरो मुटु बेस्कन धड्कियो । आमाले भन्नुहुन्थ्यो, अब तँ ठूली भइस् । तर त्यतिञ्जेलसम्म ठूली हुनुको अर्थ थाहा थिएन । तर साँच्चिकै म ठूली भइछु । मलाई पनि कसैले रुचाउँदो रहेछ । जब पहिलो प्रस्ताव आयो, म अत्तालिएँ । तर मेरो जीवनमा यी सबै गौण थिए । प्राथमिकता त ठूलो मान्छे हुने थियो ।
ठूलो मान्छे भएपछि त तपाइँलाई प्रेम प्रस्ताव त कति आए आए होलान्, हैन ?
अँ, त्यो चाहिँ सही कुरा हो । त्यो घटना त शुरुवात मात्र साबित भयो । त्यसपछि त कैयौँ त्यस्ता प्रस्ताव आउन थाले ।
पहिलो बिहेको प्रस्ताव चाहिँ कसबाट पाउनुभयो ?
बिराटनगरबाट । भर्खरको मान्छे हुनुहुन्थ्यो, कलेज पढाउनुहुन्थ्यो । बिराटनगरको तालिम सकिएपछि त उहाँहरु मलाई माग्न दाङ नै पुग्नुभएछ । केटा एकदम राम्रो । उहाँ काले-काले मान्छे, त्यस्ता मान्छे मलाई अति मन पर्छ । दाँत हल्का बाहिर निस्किएको । उहाँहरु माग्न आउनु हुँदा मेरी फुपूले मलाई अहिले नै बिहे नगर भन्ने सुझाव दिनुभयो । फुपूले बुहारी भएर जीवन बर्बाद गर्ने कि अगाडि बढ्ने भनेर मेरो लक्ष्यलाई देखाइदिनु भयो । पछि उहाँले अर्कै केटीसित बिहे गर्नुभएछ र, चिठ्ठी पनि पठाउनुभएको थियो- मेरो जीवनमा पत्नीको कल्पनामा तिमी मात्रै छ्यौ, अझै पनि समय छ भन्नुभएको थियो । तर मलाई अरुको भावनामाथि खेल्ने इच्छा लागेन ।
यी त भए तपाइँलाई आएका प्रस्ताव तर खासैमा तपाइँले कसैलाई त मन पराउनुभयो होला नि ?
अँ, मेरो जीवनमा मैले ज्यादै मन पराएको एक व्यक्ति हुनुहुन्थ्यो, जसलाई म असाध्य प्रेम गर्थेँ ।
के नाउँ ?
नाउँ नभनौँ, किनभने उहाँ स्वर्गे भइसक्नुभयो ।के भो त उहाँसँगको सम्बन्ध ?
(एउटा लामो स्वास र अनुहारमा गम्भीरता) उहाँ हामी १० कक्षामा हुँदा ७, ८ र ९ लाई पढाउनुहुन्थ्यो । मलाई उहाँ ज्यादै मनपथ्र्यो । यो सरलाई माया गर्न पाए, यो सरसित नजिक बस्न पाए, मलाई सरले बिहे गरे... यस्तै मात्र भावना आउँथ्यो । पछि त सरको र मेरो मित्रता बढ्यो । कुरा गम्भीर प्रेमसम्म पुग्यो । उहाँ मलाई यत्ति मन पथ्र्यो कि उहाँसित बिहे गर्न राजी पनि थिएँ । उहाँले पनि उत्तिनै मन पराउनुभएको थियो । उहाँ यति धनी हुनुहुन्थ्यो र उहाँहरुको परिवार यति बृहद् थियो कि त्यहाँ गएर बुझ्दा त अत्यासलाग्दो स्थिति थियो । उहाँको परिवारले फेरि खेलाडी र गायन पेशा अँगालेको मान्छे भनेर हेयको दृष्टिले हेर्नुभयो । तर मलाई यो मञ्जुर थिएन । उहाँको परिवारले मानेन, मैले गायन पेशा त्याग्न चाहिनँ उहाँका लागि । त्यसपछि हाम्रो अफेयर पनि सकियो र बिहेको कुरा पनि सकियो । पछि उहाँले यति भव्य बिहे गर्नुभयो कि त्यो बिहे दाङ जिल्लाकै अहिलेसम्मकै भव्य बिहेमध्ये एक मानिन्छ । धेरैले यस्तो माने- उहाँले मलाई देखाउनका लागि यति भव्य बिहे गर्नुभयो । त्यो बिहे पनि मेरै आफन्तमध्ये एकसित भएको थियो तर उति सक्सेस म्यारिड लाइफ भएन । पछि उहाँले आफूलाई रक्सीमा सिध्याउनुभयो ।
यस्तो ट्रयाजिडी भएपछि बिहेप्रति तपाइँको धारणा कस्तो छ त ?
बिहे मान्छेको जीवनमा जरुरी छ । म पनि यसको विरोधी होइन भन्ने कुरा माथिका कुराबाट त थाहा भइहाल्यो । सेक्सका लागि मात्र बिहे गर्ने भन्ने मात्र होइन । बिहे जवानीका दिनमा भन्दा पनि बुढेशकालका लागि आवश्यक हो जस्तो लाग्छ ।
केही समययता मंसिरमै तपाइँको बिहे खान पाइने समाचार पढिँदै थियो,
फागुन कट्न लाग्यो त ?
अँ, घरिघरि मलाई बिहे गरिदिउँ कि भन्ने झ्वाँक चल्छ । त्यै भएर अब चैँ गर्नुपर्ला भन्छु । तर फेरि यो उमेरमा ह्याण्डसम केटा भएर पनि नपुग्दो रहेछ । जीवनमा एक पटक बिहे गर्ने हो, सम्झौतामा किन बिहे गर्ने भन्ने सोचले पनि ढिला भएको होला । मेरो लेभलमा सोच्ने, काम र कुरा गर्ने मान्छे भएन भने बेड शेयर गर्न मात्र किन बिहे गर्ने ? सम्झौतामा जीवन किन बर्बाद गर्ने भन्ने लाग्छ । हेर्दामा मात्र राम्रो पोइ भएर के गर्नु ? (हि हि हि...पछि उनले एउटा गीत गुन्गुनाइन्, आफैँले गाएको) "साह्रै राम्रो पोई परोस् कलेजमा पढेको, मीठो खाई राम्रो लाई सुखसँग बढेको" मात्रै लोग्ने पाएर के गर्नु ?
अनि कहिलेकाहीँ एक्लोपनले तपाइँलाई सताउँदैन ? बूढेशकालमा के होला जस्तो लाग्दैन ?
म एक्लोपनलाई हावी हुन दिन्नँ । त्यसैले त्यस्तो नराम्रो सोच आउँदैन मनमा । अघिल्ला पुस्ताको बूढेशकालको जीवन देखेर मलाई के लागिरहेको छ भने मेरो पनि उनीहरुको जीवनजस्तै सकारात्मक नै टुंगिन्छन् । बाँचुञ्जेल असल हुने, असल गर्ने हो र मरेपछिको जीवनका बारेमा म सोच्दिनँ ।

Monday, March 9, 2009
भिलेन कुट्ने नायिका रियल लाइफमा समेत कुटपिटमा
सँगै भाडामा बस्ने डेरावाल र घरबेटीलाई धम्क्याएको अभियोगमा चलचित्र निर्देशक सुरेन्द्र शाह र नायिका सिर्जना बस्नेत तीन घन्टा प्रहरी नियन्त्रणमा परे । रिल लाइफमा मात्र होइन रियल लाइफमा द्वन्द्व सिकाउने शाह र मार्सल आर्टमा राम्रो दख्खल देखाउँदै भिलेनहरू कुट्ने नायिका बस्नेत रियल लाइफमा समेत कुटपिटमा उत्रिएपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले दुवैलाई नियन्त्रणमा लिएको हो । थापागाउँमा रहेको उनको डेरामा वृत्तको प्रहरी भ्यानसहित आएर दुवैलाई नयाँबानेश्वरमा रहेको प्रहरी कार्यालयमा राखेको थियो । शाह र बस्नेत श्रीमान्/श्रीमती हुन् । प्रहरीका अनुसार शाह र बस्नेतविरुद्ध घरबेटीले उजुरी दिएकी थिइन् । कोठामा बस्ने अन्य व्यक्ति र आफूलाई शाहदम्पतीले धम्क्याउने गरेको र घरको भाडासमेत नतिरेको घरबेटीले प्रहरीसँग दाबी गरेकी छिन् । सोमबार शाहदम्पती र एउटै घरमा भाडामा बस्ने अर्को परिवारबीच झडप भएको थियो । झडप भएपछि शाहकी घरबेटीले प्रहरीलाई खबर गरिन् । जानकारी पाएलगत्तै वृत्तका प्रहरी सोमबार मध्याह्न भ्यान लिएर थापागाउँ पुगेर शाह र बस्नेतलाई पक्राउ गरेका थिए । प्रहरीले शाह, बस्नेत र उनकी घरबेटीलाई प्रहरी कार्यालयमा राखेर विवाद मिलाउन सुरु गरेको थियो । घरबेटी भने शाहदम्पतीलाई आपmनो घरमा राख्ने पक्षमा थिइनन् । प्रहरी कार्यालयमा घरबेटीले 'शाह र बस्नेतले सधैँ लफडा गर्ने गरेको' गुनासो गर्दै घर खाली गर्नुपर्नेमा अडान लिइन् । तीन घन्टासम्म शाह र बस्नेत वृत्त कार्यालयमा राखिएका थिए । अन्त्यमा शाह घरभाडा तिर्न र कोठा छाड्न सहमत भएपछि उजुरी हाल्ने घरबेटीसमेत सहमतिमा आएकी थिइन् । सहमतिलगत्तै तीनघन्टे प्रहरी नियन्त्रणबाट शाह र बस्नेत मुक्त भए । वृत्तका डिएसपी विश्वराज पोखरेलले घरबेटीको उजुरीका आधारमा शाहदम्पतीलाई नियन्त्रणमा लिएको र दुवैपक्ष सहमत भएपछि नियन्त्रणमुक्त गरेको बताए । उनले भने, 'उजुरी आएपछि छलफल गर्न कार्यालयमा बोलाएका थियौँ, दुवैपक्ष सहमत भएर गइसक्नुभयो ।' द्वन्द्व निर्देशनबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका साह पछिल्लोपटक निर्माण एवं निर्देशनमा सक्रिय थिए । ठूले, करण अर्जुन, गाउँले, गंगा राम तथा बस्ती शाहले बनाएका फिल्म हुन् । देउताबाट अभियनमा प्रवेश गरेकी नायिका बस्नेतले टुहुरो, पृथ्वी, भूल, धर्मात्मालगायत दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।
Tuesday, March 3, 2009
लोडसेडिङले बितायो
केही साताअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृङ्खला मेरी बास्सै मा ब्याङ्कको एक हाकिमले सेवाग्राहीलाई कार्यलयभित्रको उनको कार्यकक्षमा होइन अफिस बाहिर भेटेको दृश्य देखियो । नेटिभीकै अर्को हास्यश्रृङ्खला जिरेखुर्सानी मा पनि एक दृश्यमा कार्यालय प्रमुखले सेवाग्राहीलाई अफिस बाहिरै भेटेको दृश्य देखाइयो । मेरी बास्सै का एक निर्देशक तथा कलाकार केदार घिमिरे -माग्ने बूढा)ले लोडसेडिङको समस्याका कारण हाकिमले आफैँ बाहिर आएर भेट्नु परेको बताउँछन् । उनी भन्छन्, "बिजुली नहुँदा इन्डोर सुटिङ गर्न साह्रै गाह्रो परेको छ ।"
१६ घण्टासम्मको लोडसेडिङको मारले अहिले धेरै सिरियलको स्थिति दयनीय अवस्थामा पुगेको छ । प्रति भाग १५ देखि १७ मिनेटसम्मको विज्ञापन नियमित पाउँदै आएको नेटिभीको तीतोसत्य को विज्ञापन ५ देखि ६ मिनेटमा झरेको छ । नेटिभीमा मात्रै तीतोसत्य, जिरेखर्ुसानी, मेरी बास्सै, झयाइँकुटी झयाइँ, माइती जस्ता सिरियलको निर्माता रहेको वाइङ एजेन्सी मिडिया हबका प्रमुख सोम धितालका अनुसार अरू पनि धेरै सिरियलको विज्ञापनको स्थिति झनै खस्कँदो अवस्थामा छ ।
तीतोसत्य का निर्देशक कलाकार दीपकराज गिरी भन्छन्, "लोडसेडिङको मार सिरियललाई बढी छ त्यसको असर हाम्रो जाँगरमा परेको छ ।" झण्डै ६ वर्षो यात्रा पूरा गर्न लागेको यो शृङ्खला लोडसेडिङकै कारण पहिला जस्तो धेरै मेहनत गर्न नसकेको उनी बताउँछन् । यता मेरी बास्सै का कलाकार/निर्देशक द्वय सीताराम कट्टेल धर्ुर्मुस र केदार घिमिरे माग्ने बूढा भने सिरियल झारा टारे जसरी गर्नु परिरहेको बताउँछन् । आफैँले बनाएको सिरियल टिभीमा आफैँले हर्ेन नपाएको उल्टै दर्शकहरूले हर्ेन पाएनौं त्यसपछि के भयो भन्दै सोध्ने गरेको केदार सुनाउँछन् ।
दलितको विषयमा बनेको फरक धारको टेलिचलचित्र दलन ले प्रसारणको केही महिना धेरै दर्शकको वाह् वाही ! कमायो । तर विद्युत् आपर्ूर्ति कटौतीका कारण यसले ठूलो असर सहनु परेको छ । निर्देशक नवीन सुब्बा भन्छन्, "लोडसेडिङ नहुने हो भने यो सिरियलले दर्शकमाझ निकै ठूलो प्रभाव जमाइसक्थ्यो ।" लामो समयदेखि तीतो सत्य ले प्रति भाग १ लाख ३५ हजार, जिरेखर्ुसानीले १ लाख २० हजार, मेरी बास्सै ले ८० हजार, झयाइँकुटी झयाइँ, माइती लगायतका धेरै सिरियलले ४० हजारको हाराहारी विज्ञापन पाउँछन् ।
लोडसेडिङले सुटिङको समय बढ्नाले सुटिङ खर्च बढेको छ भने विज्ञापन हृवात्तै घटनाले सिरियलको बजार चौपट भएको छ । तर पनि कलाकारलाई मर्कामा नपारेको बताउँछन् मिडिया हबका सोम धिताल । उनी भन्छन्, "मै आफू डुबेर पनि कलाकारलाई सम्झौता गरेको रकम दिएको छु ।" निकै प्रभावित भएपछि केही साता पहिले मात्र तीते, जिरे, मेरी बास्सै लगायतका समूहलाई बोलाएर उनले खर्च धान्न नसकेपछि ५० प्रतिशत पुरानै दोहोर्याउने र ५० प्रतिशत मात्र सुटिङ गर्ने भनेर प्रस्ताव राखेका थिए । धिताल भन्छन्, "तर पुरानो दोहोर्याएपछि झनै दर्शकले हर्ेर्दैनन् भनेर फेरि निरन्तरता दिने निर्णय गर्यौँ ।"
अहिले कान्तिपुर टिभीबाट प्रसारण भइरहेका लगन जर्ुला जस्तो छ, घरबेटी बा, कलेज लोडसेडिङकै कारण दोहोर्याइँदैछ । समस्याकै कारण प्रकाश 'झाको चार वर्षपहिले प्रसारण भएको तितेकरेली पुनः प्रसारणमा छ । कान्तिपुर टिभीका वरिष्ठ निर्माता सुरेश पौडेल भन्छन्, "लोडसेडिङ रहुञ्जेल नयाँ सिरियल हाल्ने अवस्था छैन ।" त्यस्तै नेपाल टेलिभिजनको लोकप्रिय पारिवारिक सिरियल करुणा-२ पनि रिपिट गरेर प्रसारण भइरहेको छ । दर्शक र विज्ञापन घट्नु र सुटिङ गर्न समस्याका कारण पुरानो दोहोर्याउनुको विकल्प नरहेको निर्देशक महेन्द्र बुढाथोकीले बताए । त्यस्तै माधवदत्त पण्डितले निर्माण गरेको गोपीनाथ बाजे, रवि डङ्गोल बेइमान र पुर्ण थापा सुब्बाले निर्माण निर्देशन गरेको भुइँचालो लगायतका एक दर्जन सिरियल लोडसेडिङकै कारण प्रसारण गर्न ढिला भएको छ । रवि भन्छन्, "अहिले लोडसेडिङको समस्या छ पर्खनुस् स्थिति सुधे्रपछि प्रसारण गर्नुपर्छ भन्ने आश्वासन पाएको छु ।"

सेक्सी हीरो चाहियो रे रेखालाई !
कामुक हिरो नभेटिएपछि अभिनेत्री रेखा थापा तनावमा परेकी छिन् । 'दुई साता भइसक्यो, मैले खोजेजस्तो कामुक र ह्यान्डसम केटा अहिलेसम्म भेटेकी छैन,' रेखाले भनिन् । अभिनयको अतिरिक्त निर्माणमा समेत सक्रिय रहँदै आएकी रेखाले पछिल्लो फिल्मको नाम जुराएकी छिन्, 'कसले चोर्यो मेरो मन ।' नयाँ हिरोको खोजीमा रहेकी रेखाले यो फिल्ममा पुराना हिरोबाट काम नहुने बताइन् । 'अहिले फिल्मी उद्योगमा सक्रिय कुनै पनि हिरो 'कसले चोर्यो मेरो मन'को चरित्रलाई सुहाउँदैन, जसरी भए पनि नयाँ खोजेरै छाड्छु,' रेखाले भनिन् । यसमा अभिनेत्रीको भूमिकामा भने रेखा आफैँ देखिँदै छिन् । हिरोइनचाहिँ रेखाबाट पनि काम चल्ने हिरो नयाँ नभई नहुने किन ? रेखा मुस्कुराउँदै भन्छिन्, 'म त मेरो चरित्र निर्वाह गर्न सक्छु, तर अहिलेका हिरोहरूले नयाँ फिल्मको चरित्रमाथि न्याय गर्न सक्दैनन् ।' चिनजानका मान्छेसँग हिरो चाहियो भन्दै हार-गुहार गरेकी रेखाले नयाँ हिरोका लागि केही मापदण्ड तयार पारेकी छिन्- 'कामुक, प्रस्टवक्ता, जीवन्त अभिनय गर्न सक्ने र क्युट । अझ विदेश बसेर आएको भए राम्रो । नेपाली राम्रो बोल्न नजाने पनि हुन्छ, तर अंग्रेजी उच्चारण स्पष्ट हुनुपर्छ ।' यो फिल्ममा हिरो बन्न विदेश बसेर आएको नेपाली केटा हुनुपर्छ, जसमा रेखाको मन चोर्ने क्षमता पनि चाहिन्छ । आफूले खोजेजस्तो हिरो भेटिएन भने सुटिङ सार्ने मनस्थिति बनाएकी छिन्, रेखाले । भन्छिन्, 'कामुक हिरो भेटिएन भने सुटिङ गरिँदैन, बरु चार महिना पछि सार्छु ।' राजेश हमालदेखि आयुष रिजालसम्मको हिरोइन बनेकी रेखा नेपाली हिरोका कमजोरी आँैल्याउन पनि पछि परिनन् । एकताका विराजको खुलेर प्रशंसा गर्ने रेखाले उनको पनि आलोचना गरिन् । भन्छिन्, 'उनी नायक त राम्रै हुन्, तर पछिल्लो समय व्यवहार राम्रो छैन, हैसियत बिर्सने मान्छेसँग काम गर्न सकिँदैन ।' पछिल्ला दिनमा विराजले निर्माताको सेड्युल पछ्याउन छाडेकाले अरू हिरोको खोजी गर्न बाध्य भएको सुनाइन् । उनकै लगानीमा बनेको 'किस्मत' मा अर्का हिरो आर्यान सिग्देलले काम गरेका थिए, तर नयाँ फिल्ममा आर्यनबाट पनि काम नबन्ने देखेकी छिन् उनले । 'आर्यन नराम्रो त होइन, तर अहिलेको रोलमा आर्यन पनि काम छैन,' भन्छिन् उनी ।
Wednesday, February 25, 2009
चलचित्र हेर्ने ओबामाको चाहना
२५ फेब्रुअरी / अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओस्कारमा छाएको मुम्बइको झपडबस्तीको कथावस्तु समेटिएको चलचित्र स्लडग मिलिनेयर हेर्ने चाहना व्यक्त गरेका छन् ।
ह्वाइट हाउसका प्रवक्ता रोबर्ट गिब्सले मंगलबार उक्त जानकारी दिए ।
गरीब बस्तीबाट उठेर करोडपति बनेको कथामा आधारित यो चलचित्रले ओस्कारमा कुल ८ वटा अवार्ड जितेको छ ।
चलचित्रले र्सवश्रेष्ठ फिल्म, र्सवश्रेष्ठ निर्देशक, र्सवश्रेष्ठ संगीत र र्सवश्रेष्ठ प्रस्तुती लगायत विधामा पुरस्कार जितेको हो ।

Tuesday, February 24, 2009
जीतपुरमा ´जय हो´
जीतपुर, फागुन १३– यिनलाई ´ओस्कर´ के हो थाहा छैन। ओस्कर किन दिइन्छ, कसले पाए त्योसँग पनि यिनलाई खास सरोकार छैन। तर सोमबार ´हलिउड´ मा ओस्करको घोषणालगत्तै जीतपुरस्थित उनको सिडीपसलमा एउटा सिडीको ´डिमान्ड´ बढेको देखेर यिनी अचम्ममा परेका छन्। ´यो सिडी त शाहरुख खानको हिट फिल्मभन्दा पनि छिटोछिटो बिक्री भयो´ भन्दा भन्दै उनी एकफेर हाँसे। यी हुन् जीतपुर बाराका सिडी पसले रोशन गुप्ता। र, यिनको पसलमा एकै दिनमा सबैभन्दा बढी बिक्री हुने सिडीको रेकर्ड बनाउने फिल्म हो ´स्लमडग मिलेनियर´। ´अरु दिनको भन्दा आज राम्रो कमाइ भयो, सबै फिल्म यसरी नै बिक्ने हो भने त धनी हुन बेर लाग्दैन´ उनी फेरि हाँसे। यिनको पसलको सिडी पसलमा ´स्लमडग´ कै ओस्कर विजेता गीत ´जय हो´ बजिरहेको छ। सोमबार बिहानै ´स्लमडग मिलेनियर´ ले संसारको सबैभन्दा ठूलो फिल्म अवार्ड ओस्करमा उत्कृष्ट फिल्मसहित आठ अवार्ड जित्यो। यो खबर बाराको सानो बजार जीतपुरमा एकैछिनमा फैलियो। मुम्बईको झुपडी वस्तीमा बस्ने एउटा केटाले कसरी ´हु वान्ट टु वि अ मिलेनियर´ मा दुई करोड जित्यो भन्ने कथामा बनेको यो फिल्म अहिले संसारभर हिट छ। त्यसैले जितपुरमा पनि हिट नहुने कुरै भएन! अमिताभ बच्चन, दिलीप कुमारदेखि आमिर खान, शाहरुख खानसम्मका नयाँ–पुराना कलाकारका फिल्मले खचाखच भरिने उनको पसलमा केही दिन अघिमात्र उनका काका गणेशले यो सिनेमा वीरगंज सहरबाट ल्याइदिएका थिए। ´दुई–चार दिनदेखी यो फिल्ममा धेरै रुची बढाएको पाए´ गणेशले भने– ´त्यही भएर यो ल्याएको।´ आज रोशनको पसलमा यसका सबै प्रति सकिए। ´टिभीले ओस्करको घोषणा गर्नासाथ मान्छेहरु ह्वार ह्वारती आउन थाले´ उनले भने। यो एउटा पसलमा मात्र होइन, ओस्कर घोषणासँगै जीतपुर बजारका आधा दर्जन भन्दा बढी सिडी पसलमा सोमबार साझसम्ममा ´स्लमडग मिलेनियर´ सकिएको छ। बजारमा सिडी सकिएपछि मानिसहरु कम्प्युटरबाट कपी गरेर हेर्न थालेका छन्। ओस्कार पाएको खवर सार्वजनिक भएलगत्तै यूवाहरुमा यो फिल्मको क्रेज बढेको छ। जफुर रहमान भन्छन्– ´त्यतीधेरै ओस्कर पाएको फिल्म किन्न खोजीरहेको छु।´ सिमावर्ती सहरभएका कारण पनि अनिल कपुर, इरफान खानलगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले यहाँको बजारमा झनै चर्चा पाएको हो। जीतपुरजस्तो सानो बजार मात्र हैन वीरगंज शहरमा पनि ´स्लमडग´ सुपरहिट छ। ´आज एकैछिनमा दर्जनभन्दा बढी सिडी सकिए´ वीरगंजका एक सिडी पसलेले सुनाए। ´मेरो पसल खोलेको दश वर्ष भयो, आजसम्म कुनै फिल्म यसरी विक्री भा´थेन´ उनले भने। यो फिल्म हिन्दी भाषामा पनि डब गरेर निकालिएका कारण यो क्षेत्रमा धेरै विक्री भएको उनको अनुमान छ।
Friday, February 20, 2009
स्वदेशी सिनेमाका लागि एसएमएस
'स्वदशी सिनेमा हाई हाई, विदेशी सिनेमा बाई बाई । यो सन्देश १० जनालाई पठाउनु होला । नत्र तपाइँलाई मातृभूमिको सराप लाग्नेछ ।' यास्तो लेखिएको मोबाइल सन्देशले आइतबार साँझबाट निकै स्थान पाएको छ । अधिकांश नेपाली चलचित्रकर्मीले आफ्नो मोबाइलमा यस्ता सन्देश आठ/१० वटा आएको बताए ।
नेपाल सरकारले विदेशी चलचित्रको पर््रदर्शन व्यवस्थापनमा ल्याएको नयाँ नीतिको केही सिनेमा हल सञ्चालकले विरोध गर्दै आएका छन् । सो विरोधविरुद्ध नेपाली सिनेमालाई मायाँ गर्ने सिनेकर्मीहरूले यो अभियान चलाएको अनुमान गरिएको छ ।
'मेरो मोबाइलमा पनि यस्तो सन्देश आइरहेको छ । स्वदेशी सिनेमाको बारेमा जागरुक हुनु सराहनीय कार्य हो ।' चलचित्र विकास बोर्ड अध्यक्ष गणेश भण्डारीले राजधानीसँग भने । यो माबवाइल सन्देश चलचित्र विकास बोर्डले सम्प्रेषण गरेको भन्ने आरोपको अध्यक्ष भण्डारीले खण्डन गर्दै भने, 'नेपाली सिनेमालाई माया गर्ने राष्ट्रवादी नेपालीबाट यो मोबाइल सन्देश पठाइएको पाइयो । यो सन्देश आफ्ना १० जना साथीलाई पठाउन सन्देशमै आह्वान गरेकाले पनि यसले व्यपकता पाएको हो,' भण्डारीले भने ।
हरेक नायक, नायिकादेखि चलचित्रमा खाना पकाउने भान्सेको मोबाइलमा पनि यो सन्देश आएको छ । यो सन्देश आफूहरूलाई पनि आएको सोमबार विश्वज्योतिमा नेपाली चलचित्र हर्ेन पुगेका अनामनगरका दर्शक रविकृष्ण लामिछानेले बताए, 'स्वदेशी सिनेमाका लागि आवाज उठाइएकाले मैले पनि १० जनालाई यो एसएमएस पठाएँ,' लामिछानेले भने ।
चलचित्र निर्माता तथा विकास बोर्डका सदस्य युवराज लामाले आफ्नो मोबाइल खोल्दै त्यो सन्देश नौ वटा आएको देखाए, 'यो त राष्ट्रप्रेम हो । यही भएर मैले पनि १० जनालाई यो सन्देश सम्प्रेषण गरें,' लामाले भने । सिनेकर्मी जस्तै राष्ट्रियताका लागि सबै नेपाली जुट्नु पर्ने पनि उनले बताए ।

ओस्कर विजेताको नाम सार्वजनिक !
संसारको सबैभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करको घोषणा हुन दिन बाँकी रहँदा इन्टरनेटमा विजेताको नाम सार्वजनिक भएको छ। ´न्युजडटकमडटएयु´ साइटका अनुसार इन्टरनेटमा ओस्करको लेटरप्याडमा लेखिएका विजेताको नाम शुक्रबार इन्टरनेटमा ´लिक´ भएको छ। २२ फेवु्रअरीमा हलिउडमा प्रदान गरिने ८१ औं ओस्करका विजेताको सावर्जनिक भएको सुचीका अनुसार ´स्लमडग मिलेनियर´ उत्कृष्ट फिल्म छानिएको छ। मुम्बईको एक झुपडी वस्तीको एउटा केटाले गेम शोमा दुई करोड जितेको कथामा बनेको यो फिल्मका लागि ड्यानी वोयल उत्कृष्ट निर्देशक छानिएका छन्। उत्कृष्ट अभिनेता ´रेस्लर´ का मिकी रुक र अभिनेत्री ´द रिडर´ कि केट विन्स्लेट छानिएको पनि सुचीमा उल्लेख छ। यस्तै, ´द डार्क नाइट´ का लागि हिथ लिजर सहअभिनेता र ´डाउट´ का लागि एमी एडम्स् सहअभिनेत्रीलाई सुचीमा उत्कृष्ट छानिएको छ। अन्य विधाका बारेमा भने समाचारमा केही उल्लेख गरिएको छैन। तर, ओस्कर समितिले भने यसलाई पुरै गलत भनेको छ। ´आजसम्म मतदान जारी छ, अहिले नै नतिजा आएको छैन´ ओस्कर समितिले भनेको छ।
डेढ वर्ष भो बोलचाल छैन : माग्ने बूढा र धुर्मस
हास्य टेलिशृंखला मेरी बास्सैका निर्देशक हुन् केदार घिमिरे (माग्ने बूढा) र सीताराम कट्टेल (धुर्मस) एउटै सिरियलमा हप्तैपिच्छे कलाकार बनेर देखिन्छन् पनि । तर, विगत डेढ वर्षदेखि बोलचाल छैन यिनीहरूको । सोही समूहमा कार्यरत एकजना प्राविधिक भन्छन्, 'यो जोडी फुटेको खबर आयो भने आश्चर्य नमाने हुन्छ ।' ती प्राविधिकका अनुसार सीताराम र केदारको सम्बन्ध त राम्रो छैन नै मौका पर्यो भने एकअर्काको कुरा काट्न पछि हट्दैनन् ।' एउटै सिरियलमा देखिए पनि डेढ वर्षदेखि धुर्मुस र माग्ने बूढा एउटै फ्रेममा देखिएका छैनन् । झगडा पर्नुअघि दुवैजना मिलेर मेरी बास्सैको स्त्रिप्ट लेख्ने र निर्देशन गर्ने गर्थे । अहिले उनीहरूबीच कुनै सल्लाह हुँदैन । केदार आफ्नो रोल आफैं लेख्छन्, भने सीताराम पनि आफ्नो भूमिका आफैं तयार गर्छन् । त्यति मात्रै होइन सुटिङ पनि छुट्टाछुट्टै हुन्छ यिनीहरूको । एउटाले कस्तो बनायो टेलिभिजनमा नहेरेसम्म अर्कोलाई थाह हुँदैन ।हेटौंडा ठिंगनाका केदार र झापा गौरादहका सीतारामले ०६० सालमा जोडी बाँधेर संयुक्त रूपमा हास्य अभिनय अघि बढाएका थिए । सुरुमा सीताराम सडकनाटकमा अभिनय गर्थे । त्यसवेला केदार एउटा एफएममा रिपोर्टिङ गर्थे । सीतारामले कीर्तिपुरमा सडकनाटक खेलिरहेको वेलामा केदार झलकमान गन्धर्वको अन्तर्वार्ता लिन त्यहाँ पुगेका थिए । त्यही वेलामा केदारले सीतारामलाई देखेका हुन् । हास्य अभिनयमै करिअर बनाउने धूनमा संघर्ष गरिरहेका सीतारामले त्यतिवेला नेपाल टेलिभिजनबाट प्रसार भइरहेको गिताञ्जली कार्यक्रममा काम पाइन्छ कि भनेर जितु नेपाललाई फोन गरेछन् । जितुले स्त्रिप्ट लेख्न सक्छौ भने भेट्नु भनेछन् । सीतारामले जितुलाई स्त्रिप्ट देखाउन जाँदा केदार पहिल्यै पुगिसकेका रहेछन् । उनीहरूको पहिलो चिनजान त्यहीँ भएको थियो । सन्तोष पन्तको हिजो आजका कुरामा खेल्नका लागि धाइरहेका सीतारामलाई पनि एक्लैले गरेर केही हुँदैन भन्ने परेछ । र, पछि केदार र सीतारामले जोडी बाँधेर असक्षम तन्त्र, खायोज सुपर च्यालेन्ज, श्रीपेचको पेचलगायतका प्रहसन तथा गाईजात्रे एल्बमहरू बजारमा ल्याए । जिरे खुर्सानीमा अभिनय गर्दागर्दै उनीहरू मेरी बास्सैमा लागे । पहिला दमन रूपाखेतीको निर्देशनमा निर्माण भएको मेरी बास्सैमा अन्ततः दमन निस्किन पुगे । र, सीताराम र केदारको संयुक्त रूपमा लेखन-निर्देशन सुरु भयो ।यो दुवै कलाकार आफूहरूबीच बोलचाल बन्द भएको स्विकार्दैनन् । दुवैको भनाइ एउटै छ, 'कार्य व्यस्तता र शृंखलालाई रुचिपूर्ण बनाउन हामीले छुट्टाछुट्टै लेख्ने र सुटिङ गर्ने गरेका हौं ।'मेरी बास्सैमा जस्तै उनीहरूले पछिल्लो समय 'विज्ञापन' मा पनि छुट्टाछुट्टै अभिनय गर्न थालेका छन् । आफूहरूबीच बोलचाल नभए पनि केही कार्यक्रममा यी कलाकार सँगै देखिन्छन्, तर बोलचाल गर्दैनन् । केही महिनाअघि कुन्जना घिमिरेसँग बिहे गरेका सीतारामको बिहेमा केदार पनि जन्ती गएका थिए, तर बोलेनन् ।
Thursday, February 19, 2009
काँचको पर्दामा मोडलका रूप
अमेरकिा बस्ने दाजु राजारामसँग च्याट गर्न बानेश्वरको इजी साइबर क्याफेमा पसेका राज गिरीको आँखा एकाएक नजिकै चालू अर्को कम्प्युटरको पर्दामा पर्यो । साधारण च्याटिङ् र इमेलबाहेक साइबरको दुनियाँको मेसो नपाएका शंकरदेव क्याम्पसमा स्नातक पहिलो वर्षका यी विद्यार्थी यसरी तानिए रंगीन साइटहरूतिर । राजलाई बग्रेल्ती खुलेका साइटहरूबारे जान्न धेरै समय पनि लागेन । अहिले उनलाई मुखाग्रै छ, साइबर संसार, ठीकठाक, पोखरासिटी, बुटवलसिटी, नेटनसा आदि । "यिनमा के छैनन् भन्नूस्, के छ नभन्नूस्," उनी भन्छन् । जिनेक्स कन्सल्टेन्सीका अनिल राजभण्डारी पनि फुर्सद पाउनासाथ पसिहाल्छन्, रंगीन साइटहरूमा । भन्छन्, "दैनिक नयाँ फेसन शैली र नयाँ 'लुक' खोज्नु नराम्रो कुरा होइन् । " हुन पनि अनिल र राजले प्रतिनिधित्व गर्ने युवा पुस्तालाई सामाजिक रूपान्तरण बुझ्ने अवसरसमेत दिइरहेका छन्, यस्ता साइटहरूले । हिजोआज सुन्दर युवतीहरू राजधानीलगायत कतिपय प्रमुख सहरका विज्ञापनको माध्यम नै भएका छन्, विभिन्न रंगीला साइटमार्फत । विभिन्न पोजहरूमा फोटोसेसन गराएर चर्चामा आउन मरहित्ते गर्ने मोडलहरू यिनै साइटमार्फत सार्वजनिक चासोको विषय पनि बनेका छन् ।
यही चासोले प्रेरणा शर्मा, विनीता बराल, जानी केसी, जेनिसा केसी, भावना गुरुङजस्ता दर्जनौँ मोडलहरू आफूलाई चर्चाको दायरामा उभ्याउन सफल भएका छन् । यसबाट समाजमा आफू स्थापित भएको उनीहरूको अनुभव छ ।रंगीन दुनियाँका यी नेपाली मोडलहरूको निजी संसार पनि रंगीन नै छ । चर्चित मोडल तथा नायिका प्रेरणा शर्माकै कुरा गरौँ । तीन वर्षअगाडि यो झिलीमिलीमा टेकेकी शर्मा अहिले खुर्सानी मोडलको रूपमा चर्चित छन् । गत भदौको पहिलो साता 'सुट' गरएिको यो 'पोज'ले उनलाई खुर्सानी मोडल बनाएको हो । आफ्नो नजिकको मित्रको चाहना अनुसार यस क्षेत्रमा आएको बताउने प्रशंसा उनका बारेमा धेरै कुरा गर्न भने चाहन्नन् । तर, भन्छिन्, "हाम्रो निकटता कायमै छ र मैले उसको चाहना पूरा गर्न पनि छाडेकी छैन ।"युवा पुस्ताको रंगीन इच्छा पूरा गर्न चाहने खुर्सानी मोडल प्रेरणा फोटोसेसनमा पनि कथा लुकेको बताउँछिन् । र, त्यस् तो कथाले मागेमा जस् तो पोज पनि दिन तयार रहेको जनाउँछिन् । सिने फोटोग्राफर राजीव श्रेष्ठको खुर्सानी अवधारणाबाट चर्चित अहंकार र चियाबारी हो चियाबारीमाकी प्रेरणालाई मोडलिङ्ले अध्ययनमा भने बाधा पुर्याएको रहेछ ।
आधुनिक समाजको चाहनालाई राम्ररी बुझेको बताउने झापाकी जानी केसी पनि प्रशंसाजस्तै कथाको माग अनुसारको पोज दिन नचुक्ने आँट राख्छिन् । कालो 'स् िलभलेस'मा आधा वक्षस्थल देखाएर लम्पसार पोज दिने अर्की सुन्दरी हुन्, विनीता बराल । नेटनसाका लागि खिचिएका यी तस् िबरलाई आफ्नो उन्नतिको कारण ठान्छिन् उनी । भन्छिन्, "नत्र मलाई कसले चिन्थ्यो ?" दुई वर्षअघि मोडलिङ्मा आएकी राजधानीकी रैथाने जेनिसा केसी पनि जस्तोसुकै पोजका लागि कोहीभन्दा कम छैनन् । आफ्नै इच्छाले यस क्षेत्रमा आएकी उनी अभिनयको क्षेत्रमा जान पनि केही हल्लीखल्ली गर्नैपर्ने बताउँछिन् । त्यस्तो गर्ने बम भनेको उत्तेजक फोटोसेसन र वेबसाइटमार्फत सार्वजनिक हुनु नै हो । कोरयिोग्राफी र मोडलिङ्मा जमेकी भावना गुरुङको भनाइमा आधुनिक समाज र मोडलिङ्को कथाले मागेजति पोज दिँदा खासै फरक पर्दैन् । भन्छिन्, "अहिलेको समाजले यही मन पराउँछ ।" उनको यो भनाइमा यी मोडलहरूको पारविारकि पृष्ठभूमि कस्तो होला भन्ने स् वाभाविक जिज्ञासासमेत जन्मिन्छ । सामान्य पारविारकि पृष्ठभूमिकी विनीता बराल पनि आफूखुसी मोडलिङ्मा आएको बताउँछिन् ।
भन्छिन्, "कम कपडामा नै मानिसहरूले बढ्ता चासो राख्ने हुनाले यसमा पारविारकि आपत्ति आफैँ घट्दै गएको छ ।"उनको विचारमा 'स्टार' बन्ने पहिलो खुट्किलो हो, मोडलिङ् । र, हरेक क्षेत्रमा 'ग्ल्यामर'को महत्त्व बढेको अहिलेको दुनियाँमा 'बोल्ड' युवतीहरूलाई सफलताको त्यस्तो सिँढी चढाउने काम गरेका छन्, वेबसाइटहरूले । राजीव श्रेष्ठ यस् ता साइटहरूले युवा वर्गलाई गजबको मनोरञ्जन पनि दिइरहेको बताउँछन् । साइबरसंसारलगायतका साइटहरूमा ब्रा र पेन्टी मात्र लगाएर 'कलात्मक' रूपले प्रस्तुत हुने ठूलै जमात तयार भएको छ, अहिले । उत्ताउलो ठान्ने गरएिका यस् ता कामुक प्रदर्शनसँगै प्रशंसा, विनीता, जानी, जेनिसा र भावनाहरूको जीवनशैलीमा परविर्तन आएको छ । उनीहरूको आर्थिक अवस्थादेखि बोली र लवाइखवाइसमेत फेरएिको छ ।

विदेशी चलचित्रलाई कडाइ
सरकारले विदेशी चलचित्रको प्रदर्शनीलाई व्यस्िथत गर्न नयाँ नियम अख्तियार गरेको छ । केही समयअघि प्रदर्शनमा आएको हिन्दी चलचित्र चाँदनी चोक टू चाइनाले विवाद ल्याएपछि चलचित्र विकास बोर्डको गृहकार्य र पहलमा विदेशी चलचित्रलाई व्यवस्िथत गर्न सरकारले नयाँ व्यवस्था गरेको हो । यो व्यवस्था चलचित्र -निर्माण, प्रदर्शन र वितरण) ऐनको खण्ड ५८ संख्या ४२ को राजपत्र भाग ५ मा उल्लेख छ ।के छ त नयाँ व्यवस्थामा ? विदेशी चलचित्र प्रदर्शन गर्न अबदेखि सेन्सर बोर्डमा लानुअघि विकास बोर्डबाट सिफारसि लिनुपर्ने छ । त्यसैगरी नेपाली वा अंग्रेजी भाषामा लेखिएको कथा, पटकथा र संवादसहितको स्िक्रप्ट अनिवार्य हुनु पर्नेछ । सम्बन्धित मुलुकको सेन्सर बोर्डले जाँचपास गरेको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित चलचित्रको पोस्टर, सो कार्ड तथा चलचित्रको नामावली पहिल्यै बुझाउनुपर्ने पनि नियम बनेको छ । विदेशी भूमिबाट भू-उपग्रहको माध्यमले डिजिटल चलचित्र प्रदर्शन गर्न नपाइने अर्को कडा नियम पनि बनेको छ ।
सँगै मह
मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यले सँगै चलचित्र नखेलेको सात वर्ष कट्यो । तर, 'आइसब्रेक' गरेका छन् निर्देशक शिव रेग्मीले । हाँसी देऊ एक फेर नाम राखिएको उक्त चलचित्रको छायांकन यतिबेला युद्धस्तरमा भइरहेको छ । यस चलचित्रमा मह नै प्रमुख भूमिकामा रहेको निर्देशक रेग्मी बताउँछन् ।मह सानो पर्दाका चर्चित र स्थापित मात्र होइनन्, 'आइडल' नै हुन् । सायद त्यसैले उनीहरू काँचकै पर्दामा रमाएका छन् । त्यसमा पनि खासगरीकन सात वर्षअघि आफैँद्वारा निर्मित चलचित्र जे भो राम्रै भो उत्साहजनक ढंगले नचलेपछि उनीहरूलाई ठूलो पर्दाप्रति वितृष्णा नै थियो । जेहोस्, उनीहरू धेरैपछि अरूको निर्माण र निर्देशनमा देखिने भएका छन् । निर्देशक रेग्मीका अनुसार, एकफेर हाँसी देऊ मह जोडीकै लागि लेखिएको चलचित्र हो ।
चिनोपछि कन्यादान
हिन्दी नाम राखेर चलचित्र बनाउने सिलसिला चलेको वेला निर्देशक शोभित बस्नेत भने पुराना नाममाथि फिल्म बनाउने तयारीमा छन् । चिनो नाम राखेर फिल्म बनाउन जुटेका शोभितले भने, 'यसपछिको फिल्मको नाम कन्यादान हुनेछ ।' पुराना फिल्मको नाममा आफूले फिल्म बनाउने भए पनि रिमेक नहुने स्पष्ट पारे । 'पुरानो नाम दोहोर्याएको हुँ, तर रिमेक होइन,' उनले भने । नाम एउटै भए पनि विषयवस्तुका हिसाबले आफ्ना दुवै फिल्म अहिलेकै परिवेशमा निर्माण हुने दाबी गरे उनले । यसअघि 'मिसन लभ इन सिक्किम' नाम राखेर फिल्म बनाएका निर्देशकलाई नेपाली नामप्रति यस्तो मोह कसरी आयो होला ? शोभितले दाबी गर्दै भने, 'हाम्रो मनभित्र नेपाली चलचित्र' भन्ने नारालाई स्थापित गराउन नेपाली नाम रोजेको हुँ ।' आगामी दिनमा नेपाली नाममै फिल्म बनाउने धारणा राख्ने शोभितले हिन्दीका पछि नलाग्ने बताए ।
Subscribe to:
Posts (Atom)