MY GIRL a movie

AFNO TV

New Nepali Songs

Friday, February 20, 2009

डेढ वर्ष भो बोलचाल छैन : माग्ने बूढा र धुर्मस

हास्य टेलिशृंखला मेरी बास्सैका निर्देशक हुन् केदार घिमिरे (माग्ने बूढा) र सीताराम कट्टेल (धुर्मस) एउटै सिरियलमा हप्तैपिच्छे कलाकार बनेर देखिन्छन् पनि । तर, विगत डेढ वर्षदेखि बोलचाल छैन यिनीहरूको । सोही समूहमा कार्यरत एकजना प्राविधिक भन्छन्, 'यो जोडी फुटेको खबर आयो भने आश्चर्य नमाने हुन्छ ।' ती प्राविधिकका अनुसार सीताराम र केदारको सम्बन्ध त राम्रो छैन नै मौका पर्‍यो भने एकअर्काको कुरा काट्न पछि हट्दैनन् ।' एउटै सिरियलमा देखिए पनि डेढ वर्षदेखि धुर्मुस र माग्ने बूढा एउटै फ्रेममा देखिएका छैनन् । झगडा पर्नुअघि दुवैजना मिलेर मेरी बास्सैको स्त्रिप्ट लेख्ने र निर्देशन गर्ने गर्थे । अहिले उनीहरूबीच कुनै सल्लाह हुँदैन । केदार आफ्नो रोल आफैं लेख्छन्, भने सीताराम पनि आफ्नो भूमिका आफैं तयार गर्छन् । त्यति मात्रै होइन सुटिङ पनि छुट्टाछुट्टै हुन्छ यिनीहरूको । एउटाले कस्तो बनायो टेलिभिजनमा नहेरेसम्म अर्कोलाई थाह हुँदैन ।हेटौंडा ठिंगनाका केदार र झापा गौरादहका सीतारामले ०६० सालमा जोडी बाँधेर संयुक्त रूपमा हास्य अभिनय अघि बढाएका थिए । सुरुमा सीताराम सडकनाटकमा अभिनय गर्थे । त्यसवेला केदार एउटा एफएममा रिपोर्टिङ गर्थे । सीतारामले कीर्तिपुरमा सडकनाटक खेलिरहेको वेलामा केदार झलकमान गन्धर्वको अन्तर्वार्ता लिन त्यहाँ पुगेका थिए । त्यही वेलामा केदारले सीतारामलाई देखेका हुन् । हास्य अभिनयमै करिअर बनाउने धूनमा संघर्ष गरिरहेका सीतारामले त्यतिवेला नेपाल टेलिभिजनबाट प्रसार भइरहेको गिताञ्जली कार्यक्रममा काम पाइन्छ कि भनेर जितु नेपाललाई फोन गरेछन् । जितुले स्त्रिप्ट लेख्न सक्छौ भने भेट्नु भनेछन् । सीतारामले जितुलाई स्त्रिप्ट देखाउन जाँदा केदार पहिल्यै पुगिसकेका रहेछन् । उनीहरूको पहिलो चिनजान त्यहीँ भएको थियो । सन्तोष पन्तको हिजो आजका कुरामा खेल्नका लागि धाइरहेका सीतारामलाई पनि एक्लैले गरेर केही हुँदैन भन्ने परेछ । र, पछि केदार र सीतारामले जोडी बाँधेर असक्षम तन्त्र, खायोज सुपर च्यालेन्ज, श्रीपेचको पेचलगायतका प्रहसन तथा गाईजात्रे एल्बमहरू बजारमा ल्याए । जिरे खुर्सानीमा अभिनय गर्दागर्दै उनीहरू मेरी बास्सैमा लागे । पहिला दमन रूपाखेतीको निर्देशनमा निर्माण भएको मेरी बास्सैमा अन्ततः दमन निस्किन पुगे । र, सीताराम र केदारको संयुक्त रूपमा लेखन-निर्देशन सुरु भयो ।यो दुवै कलाकार आफूहरूबीच बोलचाल बन्द भएको स्विकार्दैनन् । दुवैको भनाइ एउटै छ, 'कार्य व्यस्तता र शृंखलालाई रुचिपूर्ण बनाउन हामीले छुट्टाछुट्टै लेख्ने र सुटिङ गर्ने गरेका हौं ।'मेरी बास्सैमा जस्तै उनीहरूले पछिल्लो समय 'विज्ञापन' मा पनि छुट्टाछुट्टै अभिनय गर्न थालेका छन् । आफूहरूबीच बोलचाल नभए पनि केही कार्यक्रममा यी कलाकार सँगै देखिन्छन्, तर बोलचाल गर्दैनन् । केही महिनाअघि कुन्जना घिमिरेसँग बिहे गरेका सीतारामको बिहेमा केदार पनि जन्ती गएका थिए, तर बोलेनन् ।

No comments:

Post a Comment