MY GIRL a movie

AFNO TV

New Nepali Songs

Friday, February 20, 2009

स्वदेशी सिनेमाका लागि एसएमएस

'स्वदशी सिनेमा हाई हाई, विदेशी सिनेमा बाई बाई । यो सन्देश १० जनालाई पठाउनु होला । नत्र तपाइँलाई मातृभूमिको सराप लाग्नेछ ।' यास्तो लेखिएको मोबाइल सन्देशले आइतबार साँझबाट निकै स्थान पाएको छ । अधिकांश नेपाली चलचित्रकर्मीले आफ्नो मोबाइलमा यस्ता सन्देश आठ/१० वटा आएको बताए ।
नेपाल सरकारले विदेशी चलचित्रको पर््रदर्शन व्यवस्थापनमा ल्याएको नयाँ नीतिको केही सिनेमा हल सञ्चालकले विरोध गर्दै आएका छन् । सो विरोधविरुद्ध नेपाली सिनेमालाई मायाँ गर्ने सिनेकर्मीहरूले यो अभियान चलाएको अनुमान गरिएको छ ।
'मेरो मोबाइलमा पनि यस्तो सन्देश आइरहेको छ । स्वदेशी सिनेमाको बारेमा जागरुक हुनु सराहनीय कार्य हो ।' चलचित्र विकास बोर्ड अध्यक्ष गणेश भण्डारीले राजधानीसँग भने । यो माबवाइल सन्देश चलचित्र विकास बोर्डले सम्प्रेषण गरेको भन्ने आरोपको अध्यक्ष भण्डारीले खण्डन गर्दै भने, 'नेपाली सिनेमालाई माया गर्ने राष्ट्रवादी नेपालीबाट यो मोबाइल सन्देश पठाइएको पाइयो । यो सन्देश आफ्ना १० जना साथीलाई पठाउन सन्देशमै आह्वान गरेकाले पनि यसले व्यपकता पाएको हो,' भण्डारीले भने ।
हरेक नायक, नायिकादेखि चलचित्रमा खाना पकाउने भान्सेको मोबाइलमा पनि यो सन्देश आएको छ । यो सन्देश आफूहरूलाई पनि आएको सोमबार विश्वज्योतिमा नेपाली चलचित्र हर्ेन पुगेका अनामनगरका दर्शक रविकृष्ण लामिछानेले बताए, 'स्वदेशी सिनेमाका लागि आवाज उठाइएकाले मैले पनि १० जनालाई यो एसएमएस पठाएँ,' लामिछानेले भने ।
चलचित्र निर्माता तथा विकास बोर्डका सदस्य युवराज लामाले आफ्नो मोबाइल खोल्दै त्यो सन्देश नौ वटा आएको देखाए, 'यो त राष्ट्रप्रेम हो । यही भएर मैले पनि १० जनालाई यो सन्देश सम्प्रेषण गरें,' लामाले भने । सिनेकर्मी जस्तै राष्ट्रियताका लागि सबै नेपाली जुट्नु पर्ने पनि उनले बताए ।

No comments:

Post a Comment