MY GIRL a movie

AFNO TV

New Nepali Songs

Tuesday, February 24, 2009

जीतपुरमा ´जय हो´

जीतपुर, फागुन १३– यिनलाई ´ओस्कर´ के हो थाहा छैन। ओस्कर किन दिइन्छ, कसले पाए त्योसँग पनि यिनलाई खास सरोकार छैन। तर सोमबार ´हलिउड´ मा ओस्करको घोषणालगत्तै जीतपुरस्थित उनको सिडीपसलमा एउटा सिडीको ´डिमान्ड´ बढेको देखेर यिनी अचम्ममा परेका छन्। ´यो सिडी त शाहरुख खानको हिट फिल्मभन्दा पनि छिटोछिटो बिक्री भयो´ भन्दा भन्दै उनी एकफेर हाँसे। यी हुन् जीतपुर बाराका सिडी पसले रोशन गुप्ता। र, यिनको पसलमा एकै दिनमा सबैभन्दा बढी बिक्री हुने सिडीको रेकर्ड बनाउने फिल्म हो ´स्लमडग मिलेनियर´। ´अरु दिनको भन्दा आज राम्रो कमाइ भयो, सबै फिल्म यसरी नै बिक्ने हो भने त धनी हुन बेर लाग्दैन´ उनी फेरि हाँसे। यिनको पसलको सिडी पसलमा ´स्लमडग´ कै ओस्कर विजेता गीत ´जय हो´ बजिरहेको छ। सोमबार बिहानै ´स्लमडग मिलेनियर´ ले संसारको सबैभन्दा ठूलो फिल्म अवार्ड ओस्करमा उत्कृष्ट फिल्मसहित आठ अवार्ड जित्यो। यो खबर बाराको सानो बजार जीतपुरमा एकैछिनमा फैलियो। मुम्बईको झुपडी वस्तीमा बस्ने एउटा केटाले कसरी ´हु वान्ट टु वि अ मिलेनियर´ मा दुई करोड जित्यो भन्ने कथामा बनेको यो फिल्म अहिले संसारभर हिट छ। त्यसैले जितपुरमा पनि हिट नहुने कुरै भएन! अमिताभ बच्चन, दिलीप कुमारदेखि आमिर खान, शाहरुख खानसम्मका नयाँ–पुराना कलाकारका फिल्मले खचाखच भरिने उनको पसलमा केही दिन अघिमात्र उनका काका गणेशले यो सिनेमा वीरगंज सहरबाट ल्याइदिएका थिए। ´दुई–चार दिनदेखी यो फिल्ममा धेरै रुची बढाएको पाए´ गणेशले भने– ´त्यही भएर यो ल्याएको।´ आज रोशनको पसलमा यसका सबै प्रति सकिए। ´टिभीले ओस्करको घोषणा गर्नासाथ मान्छेहरु ह्वार ह्वारती आउन थाले´ उनले भने। यो एउटा पसलमा मात्र होइन, ओस्कर घोषणासँगै जीतपुर बजारका आधा दर्जन भन्दा बढी सिडी पसलमा सोमबार साझसम्ममा ´स्लमडग मिलेनियर´ सकिएको छ। बजारमा सिडी सकिएपछि मानिसहरु कम्प्युटरबाट कपी गरेर हेर्न थालेका छन्। ओस्कार पाएको खवर सार्वजनिक भएलगत्तै यूवाहरुमा यो फिल्मको क्रेज बढेको छ। जफुर रहमान भन्छन्– ´त्यतीधेरै ओस्कर पाएको फिल्म किन्न खोजीरहेको छु।´ सिमावर्ती सहरभएका कारण पनि अनिल कपुर, इरफान खानलगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले यहाँको बजारमा झनै चर्चा पाएको हो। जीतपुरजस्तो सानो बजार मात्र हैन वीरगंज शहरमा पनि ´स्लमडग´ सुपरहिट छ। ´आज एकैछिनमा दर्जनभन्दा बढी सिडी सकिए´ वीरगंजका एक सिडी पसलेले सुनाए। ´मेरो पसल खोलेको दश वर्ष भयो, आजसम्म कुनै फिल्म यसरी विक्री भा´थेन´ उनले भने। यो फिल्म हिन्दी भाषामा पनि डब गरेर निकालिएका कारण यो क्षेत्रमा धेरै विक्री भएको उनको अनुमान छ।

No comments:

Post a Comment