MY GIRL a movie

AFNO TV

New Nepali Songs

Monday, March 9, 2009

भिलेन कुट्ने नायिका रियल लाइफमा समेत कुटपिटमा

सँगै भाडामा बस्ने डेरावाल र घरबेटीलाई धम्क्याएको अभियोगमा चलचित्र निर्देशक सुरेन्द्र शाह र नायिका सिर्जना बस्नेत तीन घन्टा प्रहरी नियन्त्रणमा परे । रिल लाइफमा मात्र होइन रियल लाइफमा द्वन्द्व सिकाउने शाह र मार्सल आर्टमा राम्रो दख्खल देखाउँदै भिलेनहरू कुट्ने नायिका बस्नेत रियल लाइफमा समेत कुटपिटमा उत्रिएपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले दुवैलाई नियन्त्रणमा लिएको हो । थापागाउँमा रहेको उनको डेरामा वृत्तको प्रहरी भ्यानसहित आएर दुवैलाई नयाँबानेश्वरमा रहेको प्रहरी कार्यालयमा राखेको थियो । शाह र बस्नेत श्रीमान्/श्रीमती हुन् । प्रहरीका अनुसार शाह र बस्नेतविरुद्ध घरबेटीले उजुरी दिएकी थिइन् । कोठामा बस्ने अन्य व्यक्ति र आफूलाई शाहदम्पतीले धम्क्याउने गरेको र घरको भाडासमेत नतिरेको घरबेटीले प्रहरीसँग दाबी गरेकी छिन् । सोमबार शाहदम्पती र एउटै घरमा भाडामा बस्ने अर्को परिवारबीच झडप भएको थियो । झडप भएपछि शाहकी घरबेटीले प्रहरीलाई खबर गरिन् । जानकारी पाएलगत्तै वृत्तका प्रहरी सोमबार मध्याह्न भ्यान लिएर थापागाउँ पुगेर शाह र बस्नेतलाई पक्राउ गरेका थिए । प्रहरीले शाह, बस्नेत र उनकी घरबेटीलाई प्रहरी कार्यालयमा राखेर विवाद मिलाउन सुरु गरेको थियो । घरबेटी भने शाहदम्पतीलाई आपmनो घरमा राख्ने पक्षमा थिइनन् । प्रहरी कार्यालयमा घरबेटीले 'शाह र बस्नेतले सधैँ लफडा गर्ने गरेको' गुनासो गर्दै घर खाली गर्नुपर्नेमा अडान लिइन् । तीन घन्टासम्म शाह र बस्नेत वृत्त कार्यालयमा राखिएका थिए । अन्त्यमा शाह घरभाडा तिर्न र कोठा छाड्न सहमत भएपछि उजुरी हाल्ने घरबेटीसमेत सहमतिमा आएकी थिइन् । सहमतिलगत्तै तीनघन्टे प्रहरी नियन्त्रणबाट शाह र बस्नेत मुक्त भए । वृत्तका डिएसपी विश्वराज पोखरेलले घरबेटीको उजुरीका आधारमा शाहदम्पतीलाई नियन्त्रणमा लिएको र दुवैपक्ष सहमत भएपछि नियन्त्रणमुक्त गरेको बताए । उनले भने, 'उजुरी आएपछि छलफल गर्न कार्यालयमा बोलाएका थियौँ, दुवैपक्ष सहमत भएर गइसक्नुभयो ।' द्वन्द्व निर्देशनबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका साह पछिल्लोपटक निर्माण एवं निर्देशनमा सक्रिय थिए । ठूले, करण अर्जुन, गाउँले, गंगा राम तथा बस्ती शाहले बनाएका फिल्म हुन् । देउताबाट अभियनमा प्रवेश गरेकी नायिका बस्नेतले टुहुरो, पृथ्वी, भूल, धर्मात्मालगायत दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

No comments:

Post a Comment