MY GIRL a movie

AFNO TV

New Nepali Songs

Monday, April 6, 2009

यौनकुण्ठा पोखिन्छ च्याटिङमा

च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् फु्र्सदमा के गर्ने ? अध्ययन या घुमघाम ? तन्नेरी र पहुँच भएकाको जवाफ हुनेछ- साइबर । राजधानीका युवापुस्तालाई यतिवेला च्याटिङ मोहले गाँज्दै लगेको छ ।

मैतीदेवीकी सपना शर्माका लागि साइबर धाउनु र घन्टौं साइबरमा रम्नु दिनचर्या बनेको छ । उनको एउटै ध्येय छ- साथीहरूको सन्जाल वृद्वि गर्ने । फरक-फरक स्वभाव र संस्कृतिका साथीहरूसँग च्याट गर्दा अनौठो अनुभूति हुन्छ । प्रविधिले जीवनलाई रमाइलो तुल्याएको छ । कार्यालय, घर या साइबर क्याफे जहाँ होस् च्याटरूम छिर्नका लागि एउटै इमेल आइडी भए हुन्छ । त्यसैले त धेरै युवायुवतीका हात सल्बलाइरहेका हुन्छन् किबोर्डमा । याहु, गुगल, एमएसएनका च्याटरुम इन्टरनेट प्रयोग गर्ने धेरैको डेस्टिनेसन बनेको छ ।केही वर्षयता युवापुस्तामा च्याटमोह ह्वात्तै बढेको बताउँछन् पुरानो बानेश्वर कम्युनिकेसनका हरिश्याम केसी । कुनै समय यस्तो थियो- फुर्सद मिल्यो कि युवापुस्ता स्नुकर वा पुलका पछाडि लागिहाल्थ्यो । तर, अहिले गल्लीगल्लीमा खुलेका छन् साइबर क्याफे । अहिले तन्नेरीहरूमा देखिएको साइबरप्रतिको व्यस्तताले साइबर व्यवसाय राम्रै फस्टाएको देखिन्छ ।

किशोरकिशोरी 'टाइम-पास' र रमाइलोका लागि साइबर धाउने गर्छन् । त्यसैगरी आरआर क्याम्पसमा अध्ययनरत ठमेलकी प्रतिभा लोहनी पनि साइबर पारखी हुन् । इन्टरनेटलाई खुला र विशाल लाइबे्ररीको रूपमा पनि प्रयोग गर्न सकिने हुनाले उनका लागि अध्ययनको सही थलो हो साइबर । 'यसलाई कसरी प्रयोग गर्ने व्यक्तिमा भर पर्छ,' लोहनी सुनाउँछिन्, 'कयौंपटक मलाई च्याटिङबाट प्रेमप्रस्ताव आएको छ ।' त्यसो त क्याबिनसहितको साइबरमा अश्लील क्रियाकलाप हुनेसमेत अनुमान गरिन्छ । बिनाचुकुलका तीन क्याबिन रहेको पुतलीसडकस्थित एक साइबर व्यवसायी भने यसलाई सोझै नकार्छन् । तर, यौनजन्य साइटप्रति युवापुस्ता आकषिर्त भने पक्कै छन् ।

च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् । अनलाइन च्याट एलर्ट डटकम भन्छ- '९० प्रतिशत यौनजन्य कुराकानी च्याटरुममा हुन्छन् ।' सोही अनलाइनको रिपोर्टअनुसार अनलाइनमा हुने ५० प्रतिशत बालकहरू च्याटमार्फत नै यौनजन्य कुराहरूमा लाग्छन् । उमेर, अनुहार र परिचय नखुल्ने भएकाले पनि फेक इमेल आइडीको प्रयोग गरी च्याट गर्न सकिने भएकाले बालबालिकाको च्याटरुम प्रवेशले यौनजन्य हिंसामा वृद्धिसमेत भएको छ । अर्को अनौठो उदाहरण पनि छ । दिनरात आफू घोटिएर सन्तानको इच्छा पूरा गर्न जुटेकी नक्सालकी मैया बस्नेत छोरा कम्प्युटरमा झुम्मिएकोमा हषिर्त छिन् । छोराले त्यहाँ के गर्दै छ भन्नेचाहिँ उनलाई थाहा छैन । थोरै पढेलेखेकी उनी छोराले कम्प्युटरबाट धेरै कुराहरू सिकिरहेको ठानिरहेकी छिन् । तर, छोराको धेरै समय भने च्याटमा र यौनजन्य साइटहरूमा नै बितिरहेको हुन्छ । आफूले इन्टरनेट चलाउन थालेदेखि नै च्याटमा बस्ने गरेको बताउँछन्, तीनकुनेका प्रदीप घिमिरे । पेसाले शिक्षक बताउने प्रदीप भन्छन्, 'फुर्सद भयो कि च्याट गर्नतिर लागिहाल्ने । यसमा आफूले नाम जे राखे पनि हुने र को साथी हो भन्ने पनि खासै पहिचान नहुने भएकाले पनि च्याटरुमको मज्जा नै अलग छ ।' घिमिरे भन्छन्, 'मैले पनि धेरै केटी साथी बनाएको छु च्याटबाट नै र कतिपयसँग त म डेटिङ पनि गएको छु ।'

च्याटमा रमाउनेले आफ्नो इच्छाअनुसारको च्याटरुम क्रिएट पनि गर्न सक्छन् । नेपाली च्याटप्रेमीले तयार पारेका केही रुमहरू हुन्- नेपाली माया, केटी मात्र, पोखरेली ठिटी । यस्ता च्याटरुममा जानेहरू पनि उस्तै इच्छा र चाहना भएका हुन्छन् । यौनकुण्ठा पोख्ने थलो च्याटलाई बनाउनेहरूले आफ्ना विषयअनुसारका च्याटरुम तयार मात्र पार्दैनन्, निकै छिल्लिएर पो कुरा गर्छन् त । त्यसका लागि तयार पारिएका हुन्छन्- फेक इमेल आइडी ।