MY GIRL a movie

AFNO TV

New Nepali Songs

Tuesday, March 3, 2009

लोडसेडिङले बितायो

केही साताअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृङ्खला मेरी बास्सै मा ब्याङ्कको एक हाकिमले सेवाग्राहीलाई कार्यलयभित्रको उनको कार्यकक्षमा होइन अफिस बाहिर भेटेको दृश्य देखियो । नेटिभीकै अर्को हास्यश्रृङ्खला जिरेखुर्‌सानी मा पनि एक दृश्यमा कार्यालय प्रमुखले सेवाग्राहीलाई अफिस बाहिरै भेटेको दृश्य देखाइयो । मेरी बास्सै का एक निर्देशक तथा कलाकार केदार घिमिरे -माग्ने बूढा)ले लोडसेडिङको समस्याका कारण हाकिमले आफैँ बाहिर आएर भेट्नु परेको बताउँछन् । उनी भन्छन्, "बिजुली नहुँदा इन्डोर सुटिङ गर्न साह्रै गाह्रो परेको छ ।"
१६ घण्टासम्मको लोडसेडिङको मारले अहिले धेरै सिरियलको स्थिति दयनीय अवस्थामा पुगेको छ । प्रति भाग १५ देखि १७ मिनेटसम्मको विज्ञापन नियमित पाउँदै आएको नेटिभीको तीतोसत्य को विज्ञापन ५ देखि ६ मिनेटमा झरेको छ । नेटिभीमा मात्रै तीतोसत्य, जिरेखर्ुसानी, मेरी बास्सै, झयाइँकुटी झयाइँ, माइती जस्ता सिरियलको निर्माता रहेको वाइङ एजेन्सी मिडिया हबका प्रमुख सोम धितालका अनुसार अरू पनि धेरै सिरियलको विज्ञापनको स्थिति झनै खस्कँदो अवस्थामा छ ।
तीतोसत्य का निर्देशक कलाकार दीपकराज गिरी भन्छन्, "लोडसेडिङको मार सिरियललाई बढी छ त्यसको असर हाम्रो जाँगरमा परेको छ ।" झण्डै ६ वर्षो यात्रा पूरा गर्न लागेको यो शृङ्खला लोडसेडिङकै कारण पहिला जस्तो धेरै मेहनत गर्न नसकेको उनी बताउँछन् । यता मेरी बास्सै का कलाकार/निर्देशक द्वय सीताराम कट्टेल धर्ुर्मुस र केदार घिमिरे माग्ने बूढा भने सिरियल झारा टारे जसरी गर्नु परिरहेको बताउँछन् । आफैँले बनाएको सिरियल टिभीमा आफैँले हर्ेन नपाएको उल्टै दर्शकहरूले हर्ेन पाएनौं त्यसपछि के भयो भन्दै सोध्ने गरेको केदार सुनाउँछन् ।

दलितको विषयमा बनेको फरक धारको टेलिचलचित्र दलन ले प्रसारणको केही महिना धेरै दर्शकको वाह् वाही ! कमायो । तर विद्युत् आपर्ूर्ति कटौतीका कारण यसले ठूलो असर सहनु परेको छ । निर्देशक नवीन सुब्बा भन्छन्, "लोडसेडिङ नहुने हो भने यो सिरियलले दर्शकमाझ निकै ठूलो प्रभाव जमाइसक्थ्यो ।" लामो समयदेखि तीतो सत्य ले प्रति भाग १ लाख ३५ हजार, जिरेखर्ुसानीले १ लाख २० हजार, मेरी बास्सै ले ८० हजार, झयाइँकुटी झयाइँ, माइती लगायतका धेरै सिरियलले ४० हजारको हाराहारी विज्ञापन पाउँछन् ।
लोडसेडिङले सुटिङको समय बढ्नाले सुटिङ खर्च बढेको छ भने विज्ञापन हृवात्तै घटनाले सिरियलको बजार चौपट भएको छ । तर पनि कलाकारलाई मर्कामा नपारेको बताउँछन् मिडिया हबका सोम धिताल । उनी भन्छन्, "मै आफू डुबेर पनि कलाकारलाई सम्झौता गरेको रकम दिएको छु ।" निकै प्रभावित भएपछि केही साता पहिले मात्र तीते, जिरे, मेरी बास्सै लगायतका समूहलाई बोलाएर उनले खर्च धान्न नसकेपछि ५० प्रतिशत पुरानै दोहोर्‍याउने र ५० प्रतिशत मात्र सुटिङ गर्ने भनेर प्रस्ताव राखेका थिए । धिताल भन्छन्, "तर पुरानो दोहोर्‍याएपछि झनै दर्शकले हर्ेर्दैनन् भनेर फेरि निरन्तरता दिने निर्णय गर्‍यौँ ।"
अहिले कान्तिपुर टिभीबाट प्रसारण भइरहेका लगन जर्ुला जस्तो छ, घरबेटी बा, कलेज लोडसेडिङकै कारण दोहोर्‍याइँदैछ । समस्याकै कारण प्रकाश 'झाको चार वर्षपहिले प्रसारण भएको तितेकरेली पुनः प्रसारणमा छ । कान्तिपुर टिभीका वरिष्ठ निर्माता सुरेश पौडेल भन्छन्, "लोडसेडिङ रहुञ्जेल नयाँ सिरियल हाल्ने अवस्था छैन ।" त्यस्तै नेपाल टेलिभिजनको लोकप्रिय पारिवारिक सिरियल करुणा-२ पनि रिपिट गरेर प्रसारण भइरहेको छ । दर्शक र विज्ञापन घट्नु र सुटिङ गर्न समस्याका कारण पुरानो दोहोर्‍याउनुको विकल्प नरहेको निर्देशक महेन्द्र बुढाथोकीले बताए । त्यस्तै माधवदत्त पण्डितले निर्माण गरेको गोपीनाथ बाजे, रवि डङ्गोल बेइमान र पुर्ण थापा सुब्बाले निर्माण निर्देशन गरेको भुइँचालो लगायतका एक दर्जन सिरियल लोडसेडिङकै कारण प्रसारण गर्न ढिला भएको छ । रवि भन्छन्, "अहिले लोडसेडिङको समस्या छ पर्खनुस् स्थिति सुधे्रपछि प्रसारण गर्नुपर्छ भन्ने आश्वासन पाएको छु ।"

No comments:

Post a Comment