MY GIRL a movie

AFNO TV

New Nepali Songs

Wednesday, February 25, 2009

चलचित्र हेर्ने ओबामाको चाहना

२५ फेब्रुअरी / अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओस्कारमा छाएको मुम्बइको झपडबस्तीको कथावस्तु समेटिएको चलचित्र स्लडग मिलिनेयर हेर्ने चाहना व्यक्त गरेका छन् ।

ह्वाइट हाउसका प्रवक्ता रोबर्ट गिब्सले मंगलबार उक्त जानकारी दिए ।

गरीब बस्तीबाट उठेर करोडपति बनेको कथामा आधारित यो चलचित्रले ओस्कारमा कुल ८ वटा अवार्ड जितेको छ ।

चलचित्रले र्सवश्रेष्ठ फिल्म, र्सवश्रेष्ठ निर्देशक, र्सवश्रेष्ठ संगीत र र्सवश्रेष्ठ प्रस्तुती लगायत विधामा पुरस्कार जितेको हो ।

Tuesday, February 24, 2009

जीतपुरमा ´जय हो´

जीतपुर, फागुन १३– यिनलाई ´ओस्कर´ के हो थाहा छैन। ओस्कर किन दिइन्छ, कसले पाए त्योसँग पनि यिनलाई खास सरोकार छैन। तर सोमबार ´हलिउड´ मा ओस्करको घोषणालगत्तै जीतपुरस्थित उनको सिडीपसलमा एउटा सिडीको ´डिमान्ड´ बढेको देखेर यिनी अचम्ममा परेका छन्। ´यो सिडी त शाहरुख खानको हिट फिल्मभन्दा पनि छिटोछिटो बिक्री भयो´ भन्दा भन्दै उनी एकफेर हाँसे। यी हुन् जीतपुर बाराका सिडी पसले रोशन गुप्ता। र, यिनको पसलमा एकै दिनमा सबैभन्दा बढी बिक्री हुने सिडीको रेकर्ड बनाउने फिल्म हो ´स्लमडग मिलेनियर´। ´अरु दिनको भन्दा आज राम्रो कमाइ भयो, सबै फिल्म यसरी नै बिक्ने हो भने त धनी हुन बेर लाग्दैन´ उनी फेरि हाँसे। यिनको पसलको सिडी पसलमा ´स्लमडग´ कै ओस्कर विजेता गीत ´जय हो´ बजिरहेको छ। सोमबार बिहानै ´स्लमडग मिलेनियर´ ले संसारको सबैभन्दा ठूलो फिल्म अवार्ड ओस्करमा उत्कृष्ट फिल्मसहित आठ अवार्ड जित्यो। यो खबर बाराको सानो बजार जीतपुरमा एकैछिनमा फैलियो। मुम्बईको झुपडी वस्तीमा बस्ने एउटा केटाले कसरी ´हु वान्ट टु वि अ मिलेनियर´ मा दुई करोड जित्यो भन्ने कथामा बनेको यो फिल्म अहिले संसारभर हिट छ। त्यसैले जितपुरमा पनि हिट नहुने कुरै भएन! अमिताभ बच्चन, दिलीप कुमारदेखि आमिर खान, शाहरुख खानसम्मका नयाँ–पुराना कलाकारका फिल्मले खचाखच भरिने उनको पसलमा केही दिन अघिमात्र उनका काका गणेशले यो सिनेमा वीरगंज सहरबाट ल्याइदिएका थिए। ´दुई–चार दिनदेखी यो फिल्ममा धेरै रुची बढाएको पाए´ गणेशले भने– ´त्यही भएर यो ल्याएको।´ आज रोशनको पसलमा यसका सबै प्रति सकिए। ´टिभीले ओस्करको घोषणा गर्नासाथ मान्छेहरु ह्वार ह्वारती आउन थाले´ उनले भने। यो एउटा पसलमा मात्र होइन, ओस्कर घोषणासँगै जीतपुर बजारका आधा दर्जन भन्दा बढी सिडी पसलमा सोमबार साझसम्ममा ´स्लमडग मिलेनियर´ सकिएको छ। बजारमा सिडी सकिएपछि मानिसहरु कम्प्युटरबाट कपी गरेर हेर्न थालेका छन्। ओस्कार पाएको खवर सार्वजनिक भएलगत्तै यूवाहरुमा यो फिल्मको क्रेज बढेको छ। जफुर रहमान भन्छन्– ´त्यतीधेरै ओस्कर पाएको फिल्म किन्न खोजीरहेको छु।´ सिमावर्ती सहरभएका कारण पनि अनिल कपुर, इरफान खानलगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले यहाँको बजारमा झनै चर्चा पाएको हो। जीतपुरजस्तो सानो बजार मात्र हैन वीरगंज शहरमा पनि ´स्लमडग´ सुपरहिट छ। ´आज एकैछिनमा दर्जनभन्दा बढी सिडी सकिए´ वीरगंजका एक सिडी पसलेले सुनाए। ´मेरो पसल खोलेको दश वर्ष भयो, आजसम्म कुनै फिल्म यसरी विक्री भा´थेन´ उनले भने। यो फिल्म हिन्दी भाषामा पनि डब गरेर निकालिएका कारण यो क्षेत्रमा धेरै विक्री भएको उनको अनुमान छ।

Friday, February 20, 2009

स्वदेशी सिनेमाका लागि एसएमएस

'स्वदशी सिनेमा हाई हाई, विदेशी सिनेमा बाई बाई । यो सन्देश १० जनालाई पठाउनु होला । नत्र तपाइँलाई मातृभूमिको सराप लाग्नेछ ।' यास्तो लेखिएको मोबाइल सन्देशले आइतबार साँझबाट निकै स्थान पाएको छ । अधिकांश नेपाली चलचित्रकर्मीले आफ्नो मोबाइलमा यस्ता सन्देश आठ/१० वटा आएको बताए ।
नेपाल सरकारले विदेशी चलचित्रको पर््रदर्शन व्यवस्थापनमा ल्याएको नयाँ नीतिको केही सिनेमा हल सञ्चालकले विरोध गर्दै आएका छन् । सो विरोधविरुद्ध नेपाली सिनेमालाई मायाँ गर्ने सिनेकर्मीहरूले यो अभियान चलाएको अनुमान गरिएको छ ।
'मेरो मोबाइलमा पनि यस्तो सन्देश आइरहेको छ । स्वदेशी सिनेमाको बारेमा जागरुक हुनु सराहनीय कार्य हो ।' चलचित्र विकास बोर्ड अध्यक्ष गणेश भण्डारीले राजधानीसँग भने । यो माबवाइल सन्देश चलचित्र विकास बोर्डले सम्प्रेषण गरेको भन्ने आरोपको अध्यक्ष भण्डारीले खण्डन गर्दै भने, 'नेपाली सिनेमालाई माया गर्ने राष्ट्रवादी नेपालीबाट यो मोबाइल सन्देश पठाइएको पाइयो । यो सन्देश आफ्ना १० जना साथीलाई पठाउन सन्देशमै आह्वान गरेकाले पनि यसले व्यपकता पाएको हो,' भण्डारीले भने ।
हरेक नायक, नायिकादेखि चलचित्रमा खाना पकाउने भान्सेको मोबाइलमा पनि यो सन्देश आएको छ । यो सन्देश आफूहरूलाई पनि आएको सोमबार विश्वज्योतिमा नेपाली चलचित्र हर्ेन पुगेका अनामनगरका दर्शक रविकृष्ण लामिछानेले बताए, 'स्वदेशी सिनेमाका लागि आवाज उठाइएकाले मैले पनि १० जनालाई यो एसएमएस पठाएँ,' लामिछानेले भने ।
चलचित्र निर्माता तथा विकास बोर्डका सदस्य युवराज लामाले आफ्नो मोबाइल खोल्दै त्यो सन्देश नौ वटा आएको देखाए, 'यो त राष्ट्रप्रेम हो । यही भएर मैले पनि १० जनालाई यो सन्देश सम्प्रेषण गरें,' लामाले भने । सिनेकर्मी जस्तै राष्ट्रियताका लागि सबै नेपाली जुट्नु पर्ने पनि उनले बताए ।

ओस्कर विजेताको नाम सार्वजनिक !

संसारको सबैभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करको घोषणा हुन दिन बाँकी रहँदा इन्टरनेटमा विजेताको नाम सार्वजनिक भएको छ। ´न्युजडटकमडटएयु´ साइटका अनुसार इन्टरनेटमा ओस्करको लेटरप्याडमा लेखिएका विजेताको नाम शुक्रबार इन्टरनेटमा ´लिक´ भएको छ। २२ फेवु्रअरीमा हलिउडमा प्रदान गरिने ८१ औं ओस्करका विजेताको सावर्जनिक भएको सुचीका अनुसार ´स्लमडग मिलेनियर´ उत्कृष्ट फिल्म छानिएको छ। मुम्बईको एक झुपडी वस्तीको एउटा केटाले गेम शोमा दुई करोड जितेको कथामा बनेको यो फिल्मका लागि ड्यानी वोयल उत्कृष्ट निर्देशक छानिएका छन्। उत्कृष्ट अभिनेता ´रेस्लर´ का मिकी रुक र अभिनेत्री ´द रिडर´ कि केट विन्स्लेट छानिएको पनि सुचीमा उल्लेख छ। यस्तै, ´द डार्क नाइट´ का लागि हिथ लिजर सहअभिनेता र ´डाउट´ का लागि एमी एडम्स् सहअभिनेत्रीलाई सुचीमा उत्कृष्ट छानिएको छ। अन्य विधाका बारेमा भने समाचारमा केही उल्लेख गरिएको छैन। तर, ओस्कर समितिले भने यसलाई पुरै गलत भनेको छ। ´आजसम्म मतदान जारी छ, अहिले नै नतिजा आएको छैन´ ओस्कर समितिले भनेको छ।

डेढ वर्ष भो बोलचाल छैन : माग्ने बूढा र धुर्मस

हास्य टेलिशृंखला मेरी बास्सैका निर्देशक हुन् केदार घिमिरे (माग्ने बूढा) र सीताराम कट्टेल (धुर्मस) एउटै सिरियलमा हप्तैपिच्छे कलाकार बनेर देखिन्छन् पनि । तर, विगत डेढ वर्षदेखि बोलचाल छैन यिनीहरूको । सोही समूहमा कार्यरत एकजना प्राविधिक भन्छन्, 'यो जोडी फुटेको खबर आयो भने आश्चर्य नमाने हुन्छ ।' ती प्राविधिकका अनुसार सीताराम र केदारको सम्बन्ध त राम्रो छैन नै मौका पर्‍यो भने एकअर्काको कुरा काट्न पछि हट्दैनन् ।' एउटै सिरियलमा देखिए पनि डेढ वर्षदेखि धुर्मुस र माग्ने बूढा एउटै फ्रेममा देखिएका छैनन् । झगडा पर्नुअघि दुवैजना मिलेर मेरी बास्सैको स्त्रिप्ट लेख्ने र निर्देशन गर्ने गर्थे । अहिले उनीहरूबीच कुनै सल्लाह हुँदैन । केदार आफ्नो रोल आफैं लेख्छन्, भने सीताराम पनि आफ्नो भूमिका आफैं तयार गर्छन् । त्यति मात्रै होइन सुटिङ पनि छुट्टाछुट्टै हुन्छ यिनीहरूको । एउटाले कस्तो बनायो टेलिभिजनमा नहेरेसम्म अर्कोलाई थाह हुँदैन ।हेटौंडा ठिंगनाका केदार र झापा गौरादहका सीतारामले ०६० सालमा जोडी बाँधेर संयुक्त रूपमा हास्य अभिनय अघि बढाएका थिए । सुरुमा सीताराम सडकनाटकमा अभिनय गर्थे । त्यसवेला केदार एउटा एफएममा रिपोर्टिङ गर्थे । सीतारामले कीर्तिपुरमा सडकनाटक खेलिरहेको वेलामा केदार झलकमान गन्धर्वको अन्तर्वार्ता लिन त्यहाँ पुगेका थिए । त्यही वेलामा केदारले सीतारामलाई देखेका हुन् । हास्य अभिनयमै करिअर बनाउने धूनमा संघर्ष गरिरहेका सीतारामले त्यतिवेला नेपाल टेलिभिजनबाट प्रसार भइरहेको गिताञ्जली कार्यक्रममा काम पाइन्छ कि भनेर जितु नेपाललाई फोन गरेछन् । जितुले स्त्रिप्ट लेख्न सक्छौ भने भेट्नु भनेछन् । सीतारामले जितुलाई स्त्रिप्ट देखाउन जाँदा केदार पहिल्यै पुगिसकेका रहेछन् । उनीहरूको पहिलो चिनजान त्यहीँ भएको थियो । सन्तोष पन्तको हिजो आजका कुरामा खेल्नका लागि धाइरहेका सीतारामलाई पनि एक्लैले गरेर केही हुँदैन भन्ने परेछ । र, पछि केदार र सीतारामले जोडी बाँधेर असक्षम तन्त्र, खायोज सुपर च्यालेन्ज, श्रीपेचको पेचलगायतका प्रहसन तथा गाईजात्रे एल्बमहरू बजारमा ल्याए । जिरे खुर्सानीमा अभिनय गर्दागर्दै उनीहरू मेरी बास्सैमा लागे । पहिला दमन रूपाखेतीको निर्देशनमा निर्माण भएको मेरी बास्सैमा अन्ततः दमन निस्किन पुगे । र, सीताराम र केदारको संयुक्त रूपमा लेखन-निर्देशन सुरु भयो ।यो दुवै कलाकार आफूहरूबीच बोलचाल बन्द भएको स्विकार्दैनन् । दुवैको भनाइ एउटै छ, 'कार्य व्यस्तता र शृंखलालाई रुचिपूर्ण बनाउन हामीले छुट्टाछुट्टै लेख्ने र सुटिङ गर्ने गरेका हौं ।'मेरी बास्सैमा जस्तै उनीहरूले पछिल्लो समय 'विज्ञापन' मा पनि छुट्टाछुट्टै अभिनय गर्न थालेका छन् । आफूहरूबीच बोलचाल नभए पनि केही कार्यक्रममा यी कलाकार सँगै देखिन्छन्, तर बोलचाल गर्दैनन् । केही महिनाअघि कुन्जना घिमिरेसँग बिहे गरेका सीतारामको बिहेमा केदार पनि जन्ती गएका थिए, तर बोलेनन् ।

Thursday, February 19, 2009

काँचको पर्दामा मोडलका रूप

अमेरकिा बस्ने दाजु राजारामसँग च्याट गर्न बानेश्वरको इजी साइबर क्याफेमा पसेका राज गिरीको आँखा एकाएक नजिकै चालू अर्को कम्प्युटरको पर्दामा पर्‍यो । साधारण च्याटिङ् र इमेलबाहेक साइबरको दुनियाँको मेसो नपाएका शंकरदेव क्याम्पसमा स्नातक पहिलो वर्षका यी विद्यार्थी यसरी तानिए रंगीन साइटहरूतिर । राजलाई बग्रेल्ती खुलेका साइटहरूबारे जान्न धेरै समय पनि लागेन । अहिले उनलाई मुखाग्रै छ, साइबर संसार, ठीकठाक, पोखरासिटी, बुटवलसिटी, नेटनसा आदि । "यिनमा के छैनन् भन्नूस्, के छ नभन्नूस्," उनी भन्छन् । जिनेक्स कन्सल्टेन्सीका अनिल राजभण्डारी पनि फुर्सद पाउनासाथ पसिहाल्छन्, रंगीन साइटहरूमा । भन्छन्, "दैनिक नयाँ फेसन शैली र नयाँ 'लुक' खोज्नु नराम्रो कुरा होइन् । " हुन पनि अनिल र राजले प्रतिनिधित्व गर्ने युवा पुस्तालाई सामाजिक रूपान्तरण बुझ्ने अवसरसमेत दिइरहेका छन्, यस्ता साइटहरूले । हिजोआज सुन्दर युवतीहरू राजधानीलगायत कतिपय प्रमुख सहरका विज्ञापनको माध्यम नै भएका छन्, विभिन्न रंगीला साइटमार्फत । विभिन्न पोजहरूमा फोटोसेसन गराएर चर्चामा आउन मरहित्ते गर्ने मोडलहरू यिनै साइटमार्फत सार्वजनिक चासोको विषय पनि बनेका छन् ।
यही चासोले प्रेरणा शर्मा, विनीता बराल, जानी केसी, जेनिसा केसी, भावना गुरुङजस्ता दर्जनौँ मोडलहरू आफूलाई चर्चाको दायरामा उभ्याउन सफल भएका छन् । यसबाट समाजमा आफू स्थापित भएको उनीहरूको अनुभव छ ।रंगीन दुनियाँका यी नेपाली मोडलहरूको निजी संसार पनि रंगीन नै छ । चर्चित मोडल तथा नायिका प्रेरणा शर्माकै कुरा गरौँ । तीन वर्षअगाडि यो झिलीमिलीमा टेकेकी शर्मा अहिले खुर्सानी मोडलको रूपमा चर्चित छन् । गत भदौको पहिलो साता 'सुट' गरएिको यो 'पोज'ले उनलाई खुर्सानी मोडल बनाएको हो । आफ्नो नजिकको मित्रको चाहना अनुसार यस क्षेत्रमा आएको बताउने प्रशंसा उनका बारेमा धेरै कुरा गर्न भने चाहन्नन् । तर, भन्छिन्, "हाम्रो निकटता कायमै छ र मैले उसको चाहना पूरा गर्न पनि छाडेकी छैन ।"युवा पुस्ताको रंगीन इच्छा पूरा गर्न चाहने खुर्सानी मोडल प्रेरणा फोटोसेसनमा पनि कथा लुकेको बताउँछिन् । र, त्यस् तो कथाले मागेमा जस् तो पोज पनि दिन तयार रहेको जनाउँछिन् । सिने फोटोग्राफर राजीव श्रेष्ठको खुर्सानी अवधारणाबाट चर्चित अहंकार र चियाबारी हो चियाबारीमाकी प्रेरणालाई मोडलिङ्ले अध्ययनमा भने बाधा पुर्‍याएको रहेछ ।
आधुनिक समाजको चाहनालाई राम्ररी बुझेको बताउने झापाकी जानी केसी पनि प्रशंसाजस्तै कथाको माग अनुसारको पोज दिन नचुक्ने आँट राख्छिन् । कालो 'स् िलभलेस'मा आधा वक्षस्थल देखाएर लम्पसार पोज दिने अर्की सुन्दरी हुन्, विनीता बराल । नेटनसाका लागि खिचिएका यी तस् िबरलाई आफ्नो उन्नतिको कारण ठान्छिन् उनी । भन्छिन्, "नत्र मलाई कसले चिन्थ्यो ?" दुई वर्षअघि मोडलिङ्मा आएकी राजधानीकी रैथाने जेनिसा केसी पनि जस्तोसुकै पोजका लागि कोहीभन्दा कम छैनन् । आफ्नै इच्छाले यस क्षेत्रमा आएकी उनी अभिनयको क्षेत्रमा जान पनि केही हल्लीखल्ली गर्नैपर्ने बताउँछिन् । त्यस्तो गर्ने बम भनेको उत्तेजक फोटोसेसन र वेबसाइटमार्फत सार्वजनिक हुनु नै हो । कोरयिोग्राफी र मोडलिङ्मा जमेकी भावना गुरुङको भनाइमा आधुनिक समाज र मोडलिङ्को कथाले मागेजति पोज दिँदा खासै फरक पर्दैन् । भन्छिन्, "अहिलेको समाजले यही मन पराउँछ ।" उनको यो भनाइमा यी मोडलहरूको पारविारकि पृष्ठभूमि कस्तो होला भन्ने स् वाभाविक जिज्ञासासमेत जन्मिन्छ । सामान्य पारविारकि पृष्ठभूमिकी विनीता बराल पनि आफूखुसी मोडलिङ्मा आएको बताउँछिन् ।
भन्छिन्, "कम कपडामा नै मानिसहरूले बढ्ता चासो राख्ने हुनाले यसमा पारविारकि आपत्ति आफैँ घट्दै गएको छ ।"उनको विचारमा 'स्टार' बन्ने पहिलो खुट्किलो हो, मोडलिङ् । र, हरेक क्षेत्रमा 'ग्ल्यामर'को महत्त्व बढेको अहिलेको दुनियाँमा 'बोल्ड' युवतीहरूलाई सफलताको त्यस्तो सिँढी चढाउने काम गरेका छन्, वेबसाइटहरूले । राजीव श्रेष्ठ यस् ता साइटहरूले युवा वर्गलाई गजबको मनोरञ्जन पनि दिइरहेको बताउँछन् । साइबरसंसारलगायतका साइटहरूमा ब्रा र पेन्टी मात्र लगाएर 'कलात्मक' रूपले प्रस्तुत हुने ठूलै जमात तयार भएको छ, अहिले । उत्ताउलो ठान्ने गरएिका यस् ता कामुक प्रदर्शनसँगै प्रशंसा, विनीता, जानी, जेनिसा र भावनाहरूको जीवनशैलीमा परविर्तन आएको छ । उनीहरूको आर्थिक अवस्थादेखि बोली र लवाइखवाइसमेत फेरएिको छ ।

विदेशी चलचित्रलाई कडाइ

सरकारले विदेशी चलचित्रको प्रदर्शनीलाई व्यस्िथत गर्न नयाँ नियम अख्तियार गरेको छ । केही समयअघि प्रदर्शनमा आएको हिन्दी चलचित्र चाँदनी चोक टू चाइनाले विवाद ल्याएपछि चलचित्र विकास बोर्डको गृहकार्य र पहलमा विदेशी चलचित्रलाई व्यवस्िथत गर्न सरकारले नयाँ व्यवस्था गरेको हो । यो व्यवस्था चलचित्र -निर्माण, प्रदर्शन र वितरण) ऐनको खण्ड ५८ संख्या ४२ को राजपत्र भाग ५ मा उल्लेख छ ।के छ त नयाँ व्यवस्थामा  ? विदेशी चलचित्र प्रदर्शन गर्न अबदेखि सेन्सर बोर्डमा लानुअघि विकास बोर्डबाट सिफारसि लिनुपर्ने छ । त्यसैगरी नेपाली वा अंग्रेजी भाषामा लेखिएको कथा, पटकथा र संवादसहितको स्िक्रप्ट अनिवार्य हुनु पर्नेछ । सम्बन्धित मुलुकको सेन्सर बोर्डले जाँचपास गरेको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित चलचित्रको पोस्टर, सो कार्ड तथा चलचित्रको नामावली पहिल्यै बुझाउनुपर्ने पनि नियम बनेको छ । विदेशी भूमिबाट भू-उपग्रहको माध्यमले डिजिटल चलचित्र प्रदर्शन गर्न नपाइने अर्को कडा नियम पनि बनेको छ ।

सँगै मह

मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यले सँगै चलचित्र नखेलेको सात वर्ष कट्यो । तर, 'आइसब्रेक' गरेका छन् निर्देशक शिव रेग्मीले । हाँसी देऊ एक फेर नाम राखिएको उक्त चलचित्रको छायांकन यतिबेला युद्धस्तरमा भइरहेको छ । यस चलचित्रमा मह नै प्रमुख भूमिकामा रहेको निर्देशक रेग्मी बताउँछन् ।मह सानो पर्दाका चर्चित र स्थापित मात्र होइनन्, 'आइडल' नै हुन् । सायद त्यसैले उनीहरू काँचकै पर्दामा रमाएका छन् । त्यसमा पनि खासगरीकन सात वर्षअघि आफैँद्वारा निर्मित चलचित्र जे भो राम्रै भो उत्साहजनक ढंगले नचलेपछि उनीहरूलाई ठूलो पर्दाप्रति वितृष्णा नै थियो । जेहोस्, उनीहरू धेरैपछि अरूको निर्माण र निर्देशनमा देखिने भएका छन् । निर्देशक रेग्मीका अनुसार, एकफेर हाँसी देऊ मह जोडीकै लागि लेखिएको चलचित्र हो ।

चिनोपछि कन्यादान

हिन्दी नाम राखेर चलचित्र बनाउने सिलसिला चलेको वेला निर्देशक शोभित बस्नेत भने पुराना नाममाथि फिल्म बनाउने तयारीमा छन् । चिनो नाम राखेर फिल्म बनाउन जुटेका शोभितले भने, 'यसपछिको फिल्मको नाम कन्यादान हुनेछ ।' पुराना फिल्मको नाममा आफूले फिल्म बनाउने भए पनि रिमेक नहुने स्पष्ट पारे । 'पुरानो नाम दोहोर्‍याएको हुँ, तर रिमेक होइन,' उनले भने । नाम एउटै भए पनि विषयवस्तुका हिसाबले आफ्ना दुवै फिल्म अहिलेकै परिवेशमा निर्माण हुने दाबी गरे उनले । यसअघि 'मिसन लभ इन सिक्किम' नाम राखेर फिल्म बनाएका निर्देशकलाई नेपाली नामप्रति यस्तो मोह कसरी आयो होला ? शोभितले दाबी गर्दै भने, 'हाम्रो मनभित्र नेपाली चलचित्र' भन्ने नारालाई स्थापित गराउन नेपाली नाम रोजेको हुँ ।' आगामी दिनमा नेपाली नाममै फिल्म बनाउने धारणा राख्ने शोभितले हिन्दीका पछि नलाग्ने बताए ।