MY GIRL a movie

AFNO TV

New Nepali Songs

Thursday, March 12, 2009

‘थाना’मा भुवन केसी

नायक भुवन केसीविरुद्ध प्रहरीमा उजुरी परेपछि बिहीबार उनी प्रहरी चौकीमा हाजिर भएका छन्। ´अवान्छीत तवरले प्रेसमाथि धावा बोलेको´ भन्ने पत्रकार विश्वमणी सुवेदीको उजुरीका उपर सुनुवाई गर्नका लागि प्रहरीले बोलाएपछि उनी बिहीबार दिउँसो गौशाला प्रहरी चौकीमा उपस्थित भएका हुन्। माघ २३ मा राजधानीमा आयोजित ´हाँसिदेउ एकफेर´ फिल्मको शुभ मुहुर्तमा भुवन केसीले ´पत्रकारलाई थप्पड हान्ने´ बताएका थिए। सोही कार्यक्रममा उपस्थिति पत्रकारहरूले भुवनको यो भनाईको प्रतिवाद गरेपछि उनले जनआस्था साप्ताहिकका पत्रकार विश्वमणी सुवेदीको नाम तोकेर उनलाई थप्पड हान्ने बताएका थिए। भुवनको यो भनाई आएको करिब एक महिनापछि बुधबार सुवेदी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा सार्वजनिक अपराध ऐन अर्न्तगत भुवनलाई कारबाही माग गर्दै मौखिक उजुरी दिएका थिए। गृहमन्त्री वामदेव गौतमका प्रेस संयोजकसमेत रहेका सुवेदीको उजुरी परेपछि गौशाला प्रहरीले भुवन र सुवेदी दुवैलाई चौकीमा बोलाएको थियो। भुवन केसीको घर क्षेत्र सिनामंगल गौशाला कार्यालयको क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरीले गौशालालाई यो केश जिम्मा लगाएको थियो। साँझ साँढे पाँच बजे भुवन प्रहरी कार्यालय पुगेका थिए। उजुरी आएकाले कुरा बुझ्नका लागि भुवनलाई बोलाएको गौशाला कार्यालयका प्रहरी निरिक्षक सन्तोष तामाङले बताए। ´थाना´ मा भुवन र सुवेदी दुवै उपस्थित भएपछि प्रहरीको रोहवरमा उनीहरूको कुरा मिलेको छ। ´हाम्रो कुरा मिल्यो´ प्रहरी चौकी गएर फर्केपछि भुवनले दैनिकीलाई भने– ´दुवै पक्षबाट गल्ती भएकाले फेरि यस्तो नगर्ने सहमति भयो।´ ´तिमीले पनि जथाभावी लेख्न नहुने मैले पनि आवेशमा आएर यस्तो कुरा गर्नु नहुने भनेर मैले भने, हाम्रो कुरा मिल्यो´ भुवनले भने। सुवेदीले पनि ´कुरा मिलेको´ बताएका छन्। ´उनले आवेशमा आएर भने गल्ती भयो भने, मैले फेरि प्रहरी चौकीमा भेट्नु नपरोस् भनें´ उनले भने।

No comments:

Post a Comment