MY GIRL a movie

AFNO TV

New Nepali Songs

Monday, April 6, 2009

यौनकुण्ठा पोखिन्छ च्याटिङमा

च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् फु्र्सदमा के गर्ने ? अध्ययन या घुमघाम ? तन्नेरी र पहुँच भएकाको जवाफ हुनेछ- साइबर । राजधानीका युवापुस्तालाई यतिवेला च्याटिङ मोहले गाँज्दै लगेको छ ।

मैतीदेवीकी सपना शर्माका लागि साइबर धाउनु र घन्टौं साइबरमा रम्नु दिनचर्या बनेको छ । उनको एउटै ध्येय छ- साथीहरूको सन्जाल वृद्वि गर्ने । फरक-फरक स्वभाव र संस्कृतिका साथीहरूसँग च्याट गर्दा अनौठो अनुभूति हुन्छ । प्रविधिले जीवनलाई रमाइलो तुल्याएको छ । कार्यालय, घर या साइबर क्याफे जहाँ होस् च्याटरूम छिर्नका लागि एउटै इमेल आइडी भए हुन्छ । त्यसैले त धेरै युवायुवतीका हात सल्बलाइरहेका हुन्छन् किबोर्डमा । याहु, गुगल, एमएसएनका च्याटरुम इन्टरनेट प्रयोग गर्ने धेरैको डेस्टिनेसन बनेको छ ।केही वर्षयता युवापुस्तामा च्याटमोह ह्वात्तै बढेको बताउँछन् पुरानो बानेश्वर कम्युनिकेसनका हरिश्याम केसी । कुनै समय यस्तो थियो- फुर्सद मिल्यो कि युवापुस्ता स्नुकर वा पुलका पछाडि लागिहाल्थ्यो । तर, अहिले गल्लीगल्लीमा खुलेका छन् साइबर क्याफे । अहिले तन्नेरीहरूमा देखिएको साइबरप्रतिको व्यस्तताले साइबर व्यवसाय राम्रै फस्टाएको देखिन्छ ।

किशोरकिशोरी 'टाइम-पास' र रमाइलोका लागि साइबर धाउने गर्छन् । त्यसैगरी आरआर क्याम्पसमा अध्ययनरत ठमेलकी प्रतिभा लोहनी पनि साइबर पारखी हुन् । इन्टरनेटलाई खुला र विशाल लाइबे्ररीको रूपमा पनि प्रयोग गर्न सकिने हुनाले उनका लागि अध्ययनको सही थलो हो साइबर । 'यसलाई कसरी प्रयोग गर्ने व्यक्तिमा भर पर्छ,' लोहनी सुनाउँछिन्, 'कयौंपटक मलाई च्याटिङबाट प्रेमप्रस्ताव आएको छ ।' त्यसो त क्याबिनसहितको साइबरमा अश्लील क्रियाकलाप हुनेसमेत अनुमान गरिन्छ । बिनाचुकुलका तीन क्याबिन रहेको पुतलीसडकस्थित एक साइबर व्यवसायी भने यसलाई सोझै नकार्छन् । तर, यौनजन्य साइटप्रति युवापुस्ता आकषिर्त भने पक्कै छन् ।

च्याटरुममा प्रवेश गर्नेमध्ये धेरै आफ्नो यौन चाहना पूरा गर्ने योजनाका साथ उपस्थित हुन्छन् । अनलाइन च्याट एलर्ट डटकम भन्छ- '९० प्रतिशत यौनजन्य कुराकानी च्याटरुममा हुन्छन् ।' सोही अनलाइनको रिपोर्टअनुसार अनलाइनमा हुने ५० प्रतिशत बालकहरू च्याटमार्फत नै यौनजन्य कुराहरूमा लाग्छन् । उमेर, अनुहार र परिचय नखुल्ने भएकाले पनि फेक इमेल आइडीको प्रयोग गरी च्याट गर्न सकिने भएकाले बालबालिकाको च्याटरुम प्रवेशले यौनजन्य हिंसामा वृद्धिसमेत भएको छ । अर्को अनौठो उदाहरण पनि छ । दिनरात आफू घोटिएर सन्तानको इच्छा पूरा गर्न जुटेकी नक्सालकी मैया बस्नेत छोरा कम्प्युटरमा झुम्मिएकोमा हषिर्त छिन् । छोराले त्यहाँ के गर्दै छ भन्नेचाहिँ उनलाई थाहा छैन । थोरै पढेलेखेकी उनी छोराले कम्प्युटरबाट धेरै कुराहरू सिकिरहेको ठानिरहेकी छिन् । तर, छोराको धेरै समय भने च्याटमा र यौनजन्य साइटहरूमा नै बितिरहेको हुन्छ । आफूले इन्टरनेट चलाउन थालेदेखि नै च्याटमा बस्ने गरेको बताउँछन्, तीनकुनेका प्रदीप घिमिरे । पेसाले शिक्षक बताउने प्रदीप भन्छन्, 'फुर्सद भयो कि च्याट गर्नतिर लागिहाल्ने । यसमा आफूले नाम जे राखे पनि हुने र को साथी हो भन्ने पनि खासै पहिचान नहुने भएकाले पनि च्याटरुमको मज्जा नै अलग छ ।' घिमिरे भन्छन्, 'मैले पनि धेरै केटी साथी बनाएको छु च्याटबाट नै र कतिपयसँग त म डेटिङ पनि गएको छु ।'

च्याटमा रमाउनेले आफ्नो इच्छाअनुसारको च्याटरुम क्रिएट पनि गर्न सक्छन् । नेपाली च्याटप्रेमीले तयार पारेका केही रुमहरू हुन्- नेपाली माया, केटी मात्र, पोखरेली ठिटी । यस्ता च्याटरुममा जानेहरू पनि उस्तै इच्छा र चाहना भएका हुन्छन् । यौनकुण्ठा पोख्ने थलो च्याटलाई बनाउनेहरूले आफ्ना विषयअनुसारका च्याटरुम तयार मात्र पार्दैनन्, निकै छिल्लिएर पो कुरा गर्छन् त । त्यसका लागि तयार पारिएका हुन्छन्- फेक इमेल आइडी ।

Tuesday, March 17, 2009

रोमान्स,अरुणिमा-नरेश र जिन्दगी

निर्देशक नरेश पौडेल र नायिका अरुणीमा लम्सालबीचको प्रेम रोमान्सको बारेमा फिल्ममा रुची राख्ने कोही पनि अनभिज्ञ छैन । निर्देशक नरेशले नै नायिका बनाएकी अरुणीमासँगको सम्बन्धका कारण उनी चर्चामा आउने गर्छन ।
जतिबेला निर्देशक नरेशले जेठी श्रीमती छाडेर काठमाण्डौ, सुन्दरीजलकी अमृतासँग लगनगाँठो कसे, त्यसैबखत अरुणीमाले पनि बिराजनगरका सरकारी कर्मचारी अमीत अर्यालसँग बिहे गरिन् । यी दुइ प्रेमीको बिहे एकै समयमा भएको थियो ।
नायिका अरुणीमालाई 'रखौटी' बनाएका निर्देशक नरेशले अरुणीमासँग बिहे गर्न खोजेका थिए । तर अरुणीमाले नरेशसँग अरु जे गरे पनि गर्ने तर बिहे भने नगर्ने कुरा बारम्बार दोहोर्‍याएपछि आफूहरुबीच मायापीरतीको बारेमा लागेको कालो धब्वा मेटाउनका लागि दुवैले सल्लाहले अर्को-अर्को पुरुष-स्त्रीसँग लगनगाँठो कस्न पुगे । अर्काकी श्रीमति भइसकेपनि अरुणीमा अझसम्म पनि नरेशको अंगालोमै हुने गर्छिन । नरेश पनि अरुणीमालाई छोड्न सक्दैनन । अरुणीमा दिनभर नरेशसँग र रातभर आफ्ना पनि अमीतसँग हुने गर्छिन । कहिलेकाही सुटिङको निहु पारेर रातभरि पनि नरेशसँग हुने गर्छिन । अरुणीमाका पति भने आफ्नी स्वास्नी अरुणीमा राम्री र हिट हीरोइन भएका कारण उनको रिस गर्नेहरुले उनी र नरेशको बारेमा अफवाह फैलाउने गरेको बताउदै हिड्छन् । अरुणीमाले पनि आफ्नो रिस गर्नेहरुले आफू र नरेशको बारेमा हल्ला फैलाएको भन्दै आफ्नो लोग्नेको आँखामा छारो हाल्छिन् । उता, फिल्म खेल्न पाइरहने मोहले अरुणीमाकी आमा राधा लम्साल पनि आफ्नी छोरीको पक्षमा लागेर ज्वाइसँग ठिक्क पार्ने गछ्रिर्न् ।
निर्देशक नरेशले आफ्नी प्रेमीका अरुणीमाका लागि दीपशीखा फिल्म बनाएका छन् । यति मात्र नभएर उनले दीपशीखाको स्त्रिmप्ट राइटरमा अरुणीमाको नाम राखेका छन् । यसै बीच अरुणीमाले आगामी असारदेखि आफै फिल्म निर्माण गर्ने भएकी छन् । त्यो फिल्मको कथा छनौटका लागि अरुणीमा अचेल बिभिन्न हिन्दी फिल्महरु हेनमा व्यस्त छिन् । फिल्मको निर्देशक भने नरेशले नै गर्नेछन् ।
आफ्नी प्रेमीका अरुणीमाका लागि नरेशले कतिसम्म गर्छन भन्ने कुरा हालै पोखरामा दीपशीखा फिल्मको सुटिङको बेलामा देखियो । सुटिङका लागि नरेश पोखरामा आफ्नी पत्नी अमृता र छोरा सहित पुगेका थिए । श्रीमतीले फेवाताल घुम्न लग्नुस् न भन्दा नरेशले सुटिङको टेन्सन छ भनेर टारे । तर, जब उनलाई प्रेमीका अरुणीमाले फेवाताल घुम्न जाउ भन्ने इशारा मात्र के गरेकी थिइन, नरेश अरुणीमालाई लिएर सुटुक्क फेवातालमा बोटिङ गर्न पुगीहाले । यो कुरा पत्नी अमृतालाई थाह भइहाल्यो । त्यसपछि त के चाहियो, सुरु भइहाल्यो नि 'सौता-सौता' को कपाल कुइँयाइ । पति-प्रेमी नरेशलाई 'दुइटी' बीचको झगडा टुङ्याउन हम्मेहम्मे पर्‍यो ।
पोखरा काण्डपछि नरेश अचेल वत्ती नजादै कुपण्डोलस्थित घरमा पुग्न थालेका छन् । उनलाई चेकीङ स्वरुप उनकी पत्नी अमृताको फोन छिनछिनमा आइरहन्छ । नरेशले आफ्नी पत्नीसँग आफू सुध्रीएको बाचा बाँधेर दाम्पत्य जीवन जोगाउने कसरतमा छन् । तर, दूध चोरेर खान पल्केको बिरोलो कहिल्यै साँधू बन्छ र ? अहिले पनि नरेश र अरुणीमा बीच माया प्रेम उत्तिनै गाढा छ । रक्सीले मातेपछि एकसाझमा नरेश बरबराए, 'म कहाँ छोड्न सक्छु र अरुणीमालाई । ऊ त मेरो जिन्दगी हो ।'

Thursday, March 12, 2009

‘थाना’मा भुवन केसी

नायक भुवन केसीविरुद्ध प्रहरीमा उजुरी परेपछि बिहीबार उनी प्रहरी चौकीमा हाजिर भएका छन्। ´अवान्छीत तवरले प्रेसमाथि धावा बोलेको´ भन्ने पत्रकार विश्वमणी सुवेदीको उजुरीका उपर सुनुवाई गर्नका लागि प्रहरीले बोलाएपछि उनी बिहीबार दिउँसो गौशाला प्रहरी चौकीमा उपस्थित भएका हुन्। माघ २३ मा राजधानीमा आयोजित ´हाँसिदेउ एकफेर´ फिल्मको शुभ मुहुर्तमा भुवन केसीले ´पत्रकारलाई थप्पड हान्ने´ बताएका थिए। सोही कार्यक्रममा उपस्थिति पत्रकारहरूले भुवनको यो भनाईको प्रतिवाद गरेपछि उनले जनआस्था साप्ताहिकका पत्रकार विश्वमणी सुवेदीको नाम तोकेर उनलाई थप्पड हान्ने बताएका थिए। भुवनको यो भनाई आएको करिब एक महिनापछि बुधबार सुवेदी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा सार्वजनिक अपराध ऐन अर्न्तगत भुवनलाई कारबाही माग गर्दै मौखिक उजुरी दिएका थिए। गृहमन्त्री वामदेव गौतमका प्रेस संयोजकसमेत रहेका सुवेदीको उजुरी परेपछि गौशाला प्रहरीले भुवन र सुवेदी दुवैलाई चौकीमा बोलाएको थियो। भुवन केसीको घर क्षेत्र सिनामंगल गौशाला कार्यालयको क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरीले गौशालालाई यो केश जिम्मा लगाएको थियो। साँझ साँढे पाँच बजे भुवन प्रहरी कार्यालय पुगेका थिए। उजुरी आएकाले कुरा बुझ्नका लागि भुवनलाई बोलाएको गौशाला कार्यालयका प्रहरी निरिक्षक सन्तोष तामाङले बताए। ´थाना´ मा भुवन र सुवेदी दुवै उपस्थित भएपछि प्रहरीको रोहवरमा उनीहरूको कुरा मिलेको छ। ´हाम्रो कुरा मिल्यो´ प्रहरी चौकी गएर फर्केपछि भुवनले दैनिकीलाई भने– ´दुवै पक्षबाट गल्ती भएकाले फेरि यस्तो नगर्ने सहमति भयो।´ ´तिमीले पनि जथाभावी लेख्न नहुने मैले पनि आवेशमा आएर यस्तो कुरा गर्नु नहुने भनेर मैले भने, हाम्रो कुरा मिल्यो´ भुवनले भने। सुवेदीले पनि ´कुरा मिलेको´ बताएका छन्। ´उनले आवेशमा आएर भने गल्ती भयो भने, मैले फेरि प्रहरी चौकीमा भेट्नु नपरोस् भनें´ उनले भने।

Wednesday, March 11, 2009

बेड शेयर गर्न मात्र किन बिहे गर्ने ?: कोमल वली

'सुन हजुर घर मेरो टिकरी, जिन्दगीमा क्यै छैन फिकरी' भनेर दाङ जिल्लाको टिकरीमा हुर्किएकी गायिका कोमल वलीको चर्चा बिहेको मौसमहरुमा ज्यादै चर्चामा आउँछ । जीवनका यौवनपूर्ण वर्षहरू बित्दै जाँदा बिहेका बारेमा उनी स्वयंलाई भन्दा उनका शुभेच्छुकलाई चिन्ता बढ्न थालेको छ । अहिले राष्ट्र लोडसेडिङमा परेका बेला उनको चर्चा पनि लोडसेडिङमा परेको छ । फागुन पनि बित्न लाग्दा उनको बिहेको चर्चा पनि सेलाइसकेको छ । प्रस्‍तुत छ उनै कोमल वलीसँग गरिएको यो संवाद :

तपाइँ बच्चामा के बन्न चाहनुहुन्थ्यो ?
मलाई अझै याद छ, बुवाले भविष्यमा तिमी के बन्छौ भनेर सोध्नु हुँदा म प्रधानमन्त्री हुन्छु भन्थेँ ।

कुन बेला तपाईँलाई म गायिका हुन्छु भन्ने लाग्यो ?
मैले २०४२ सालतिर नै स्कूल पढ्दाताका काठमाडौँ आएर गाउँदा गोल्डमेडल पाएकी थिएँ । खेलकूदमा पनि उत्तिकै सक्रिय थिएँ । म्युजिक नेपालले २०४४ सालतिर राप्तीको भेल एल्बम निकालेपछि गायनमा पनि जम्न मन लाग्यो । किनभने, त्यो एल्बम पश्चिममा निकै पपुलर भयो र हरेक ठाउँ जाँदा मलाई मान्छेले त्यो एल्बमकी गायिका भनेर निकै नै माया गरे । त्यसपछि मेरो बाटो त यही रहेछ भन्ने लाग्यो । (उनले आफ्नै आँखाअगाडि ती हाइहाइपूर्ण दिनहरु अहिले देखेझैँ अनुभूत गरिन् ।)

तपाइँ अहिले त यत्तिकी आकर्षक हुनुहुन्छ, त्यसबेला त झनै हुनुहुन्थ्यो । केटाहरुले आँखा लाउँथेनन् ?
(उनको आँखामा चमक देखियो) लाउँथे होलान् तर मलाई उति याद छैन । किनभने म बेफ्वाँक र टम ब्वाई शैलीकी केटी थिएँ । हामी खेलकूदको क्लोजक्याम्पमा हुँदा केटाकेटीको उति धेरै भेद हुँदैनथ्यो । आफ्नो टिममा बसिन्थ्यो । र, ठूलो मान्छे हुनुपर्छ, नाम कमाउनुपर्छ भन्ने ध्याउन्नले मेरो दिमागमा अरु कुराहरु आउन दिएनन् र शायद कसले मलाई आँखा झिम्क्यायो, केटाको आशय के थियो भन्ने तिर उति ध्यान जाँदैनथ्यो ।
अब यो चैँ नभन्नुस् कि कसैले पनि प्रेम प्रस्ताव राखेन ?(केहीबेर लामो हाँसो हाँस्दै) हैन, हैन । कुनै पनि एक्टिभ केटीलाई केटाहरुले प्रस्ताव नराख्ने भन्ने कुरा नै छैन नि ।

तपाइँको जीवनमा पहिलो प्रेम प्रस्तावका विषयमा बताउनुस् न त ?
(अब चाहिँ उनी निकै गम्भीर देखिइन् । ल्यापटपमा रेकर्ड भइरहेको उनको अन्तर्वार्तातिर उनले एक पटक नजर लगाइन् । घोरिएझैँ गरी उनले दुवै हात कपालमा राखिन् र केही झुकिन् । उनको आँखामा केही असजिलोपन महसूस गरेँ मैले । घोरिएको मुन्टो उठाएर उनले मतिर हेरिन् ।) जसले मलाई जीवनमा पहिलो पटक प्रस्ताव राखेँ, ती पनि खेलाडी नै थिए । तिनी बक्सिङका खेलाडी थिए र एकपटक निकै गम्भीर विरामी परेर अस्पताल भर्ना भए । हामी सप्पै खेलाडीहरु मिलेर उनलाई भेट्न जाने भन्ने कुरा भयो । हामी केटा र केटीको हुल बाँधेर अस्पतालमा उनलाई हेर्न गयौँ । पछि मलाई एकान्तमा बस्न र अरु साथीलाई पठाइदिन अह्राए । म एक्लै भएको मौका पारेर उनले मेरो हात समाते । त्यो क्षणमा मलाई पहिलो पटक लज्जा महसूस भयो । मलाई पहिलो पटक म आफू स्त्री रहेछु र ममा पनि लज्जा रहेछ भन्ने लाग्यो ।
अनि ?(एउटा लामो हाँसो) मलाई त यस्तो भयो.... मलाई एकदमै लाज लाग्यो । मलाई दिमागमा ला...! भन्ने लाग्यो । म अरुलाई कन्ट्रोलमा राख्ने, कडा मिजासकी... यस्ती केटीलाई पनि कसैले मन पराउँदोरहेछ भन्ने लागेपछि मलाई त सिनेमाको जस्तो धडाङधडाङढ्याङ भयो । तर म अलि महत्वाकांक्षी थिएँ । ओहो... मेरो हाल के होला बिहेबारी, प्रेममा फँस्यो भने ! भन्ने लागेर भविष्य बिगार्न हुन्न भन्ने लाग्यो । विस्तारै, उनीसित दूरी कायम राख्न थालेँ । हिजोसम्म केटा र केटीबीच भिन्नता नदेख्ने मलाई अब केटाहरुसित दूरी बनाउनु पर्ने आवश्यकता पर्यो ।

भनेपछि तपाइँलाई पहिलो पटक त्यतिबेला केटी भएको महसूस भयो ?
अँ, भन्या । मेरो मुटु बेस्कन धड्कियो । आमाले भन्नुहुन्थ्यो, अब तँ ठूली भइस् । तर त्यतिञ्जेलसम्म ठूली हुनुको अर्थ थाहा थिएन । तर साँच्चिकै म ठूली भइछु । मलाई पनि कसैले रुचाउँदो रहेछ । जब पहिलो प्रस्ताव आयो, म अत्तालिएँ । तर मेरो जीवनमा यी सबै गौण थिए । प्राथमिकता त ठूलो मान्छे हुने थियो ।

ठूलो मान्छे भएपछि त तपाइँलाई प्रेम प्रस्ताव त कति आए आए होलान्, हैन ?
अँ, त्यो चाहिँ सही कुरा हो । त्यो घटना त शुरुवात मात्र साबित भयो । त्यसपछि त कैयौँ त्यस्ता प्रस्ताव आउन थाले ।

पहिलो बिहेको प्रस्ताव चाहिँ कसबाट पाउनुभयो ?
बिराटनगरबाट । भर्खरको मान्छे हुनुहुन्थ्यो, कलेज पढाउनुहुन्थ्यो । बिराटनगरको तालिम सकिएपछि त उहाँहरु मलाई माग्न दाङ नै पुग्नुभएछ । केटा एकदम राम्रो । उहाँ काले-काले मान्छे, त्यस्ता मान्छे मलाई अति मन पर्छ । दाँत हल्का बाहिर निस्किएको । उहाँहरु माग्न आउनु हुँदा मेरी फुपूले मलाई अहिले नै बिहे नगर भन्ने सुझाव दिनुभयो । फुपूले बुहारी भएर जीवन बर्बाद गर्ने कि अगाडि बढ्ने भनेर मेरो लक्ष्यलाई देखाइदिनु भयो । पछि उहाँले अर्कै केटीसित बिहे गर्नुभएछ र, चिठ्ठी पनि पठाउनुभएको थियो- मेरो जीवनमा पत्नीको कल्पनामा तिमी मात्रै छ्यौ, अझै पनि समय छ भन्नुभएको थियो । तर मलाई अरुको भावनामाथि खेल्ने इच्छा लागेन ।

यी त भए तपाइँलाई आएका प्रस्ताव तर खासैमा तपाइँले कसैलाई त मन पराउनुभयो होला नि ?
अँ, मेरो जीवनमा मैले ज्यादै मन पराएको एक व्यक्ति हुनुहुन्थ्यो, जसलाई म असाध्य प्रेम गर्थेँ ।

के नाउँ ?
नाउँ नभनौँ, किनभने उहाँ स्वर्गे भइसक्नुभयो ।के भो त उहाँसँगको सम्बन्ध ?
(एउटा लामो स्वास र अनुहारमा गम्भीरता) उहाँ हामी १० कक्षामा हुँदा ७, ८ र ९ लाई पढाउनुहुन्थ्यो । मलाई उहाँ ज्यादै मनपथ्र्यो । यो सरलाई माया गर्न पाए, यो सरसित नजिक बस्न पाए, मलाई सरले बिहे गरे... यस्तै मात्र भावना आउँथ्यो । पछि त सरको र मेरो मित्रता बढ्यो । कुरा गम्भीर प्रेमसम्म पुग्यो । उहाँ मलाई यत्ति मन पथ्र्यो कि उहाँसित बिहे गर्न राजी पनि थिएँ । उहाँले पनि उत्तिनै मन पराउनुभएको थियो । उहाँ यति धनी हुनुहुन्थ्यो र उहाँहरुको परिवार यति बृहद् थियो कि त्यहाँ गएर बुझ्दा त अत्यासलाग्दो स्थिति थियो । उहाँको परिवारले फेरि खेलाडी र गायन पेशा अँगालेको मान्छे भनेर हेयको दृष्टिले हेर्नुभयो । तर मलाई यो मञ्जुर थिएन । उहाँको परिवारले मानेन, मैले गायन पेशा त्याग्न चाहिनँ उहाँका लागि । त्यसपछि हाम्रो अफेयर पनि सकियो र बिहेको कुरा पनि सकियो । पछि उहाँले यति भव्य बिहे गर्नुभयो कि त्यो बिहे दाङ जिल्लाकै अहिलेसम्मकै भव्य बिहेमध्ये एक मानिन्छ । धेरैले यस्तो माने- उहाँले मलाई देखाउनका लागि यति भव्य बिहे गर्नुभयो । त्यो बिहे पनि मेरै आफन्तमध्ये एकसित भएको थियो तर उति सक्सेस म्यारिड लाइफ भएन । पछि उहाँले आफूलाई रक्सीमा सिध्याउनुभयो ।

यस्तो ट्रयाजिडी भएपछि बिहेप्रति तपाइँको धारणा कस्तो छ त ?
बिहे मान्छेको जीवनमा जरुरी छ । म पनि यसको विरोधी होइन भन्ने कुरा माथिका कुराबाट त थाहा भइहाल्यो । सेक्सका लागि मात्र बिहे गर्ने भन्ने मात्र होइन । बिहे जवानीका दिनमा भन्दा पनि बुढेशकालका लागि आवश्यक हो जस्तो लाग्छ ।

केही समययता मंसिरमै तपाइँको बिहे खान पाइने समाचार पढिँदै थियो,
फागुन कट्न लाग्यो त ?
अँ, घरिघरि मलाई बिहे गरिदिउँ कि भन्ने झ्वाँक चल्छ । त्यै भएर अब चैँ गर्नुपर्ला भन्छु । तर फेरि यो उमेरमा ह्याण्डसम केटा भएर पनि नपुग्दो रहेछ । जीवनमा एक पटक बिहे गर्ने हो, सम्झौतामा किन बिहे गर्ने भन्ने सोचले पनि ढिला भएको होला । मेरो लेभलमा सोच्ने, काम र कुरा गर्ने मान्छे भएन भने बेड शेयर गर्न मात्र किन बिहे गर्ने ? सम्झौतामा जीवन किन बर्बाद गर्ने भन्ने लाग्छ । हेर्दामा मात्र राम्रो पोइ भएर के गर्नु ? (हि हि हि...पछि उनले एउटा गीत गुन्गुनाइन्, आफैँले गाएको) "साह्रै राम्रो पोई परोस् कलेजमा पढेको, मीठो खाई राम्रो लाई सुखसँग बढेको" मात्रै लोग्ने पाएर के गर्नु ?

अनि कहिलेकाहीँ एक्लोपनले तपाइँलाई सताउँदैन ? बूढेशकालमा के होला जस्तो लाग्दैन ?
म एक्लोपनलाई हावी हुन दिन्नँ । त्यसैले त्यस्तो नराम्रो सोच आउँदैन मनमा । अघिल्ला पुस्ताको बूढेशकालको जीवन देखेर मलाई के लागिरहेको छ भने मेरो पनि उनीहरुको जीवनजस्तै सकारात्मक नै टुंगिन्छन् । बाँचुञ्जेल असल हुने, असल गर्ने हो र मरेपछिको जीवनका बारेमा म सोच्दिनँ ।

Monday, March 9, 2009

भिलेन कुट्ने नायिका रियल लाइफमा समेत कुटपिटमा

सँगै भाडामा बस्ने डेरावाल र घरबेटीलाई धम्क्याएको अभियोगमा चलचित्र निर्देशक सुरेन्द्र शाह र नायिका सिर्जना बस्नेत तीन घन्टा प्रहरी नियन्त्रणमा परे । रिल लाइफमा मात्र होइन रियल लाइफमा द्वन्द्व सिकाउने शाह र मार्सल आर्टमा राम्रो दख्खल देखाउँदै भिलेनहरू कुट्ने नायिका बस्नेत रियल लाइफमा समेत कुटपिटमा उत्रिएपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले दुवैलाई नियन्त्रणमा लिएको हो । थापागाउँमा रहेको उनको डेरामा वृत्तको प्रहरी भ्यानसहित आएर दुवैलाई नयाँबानेश्वरमा रहेको प्रहरी कार्यालयमा राखेको थियो । शाह र बस्नेत श्रीमान्/श्रीमती हुन् । प्रहरीका अनुसार शाह र बस्नेतविरुद्ध घरबेटीले उजुरी दिएकी थिइन् । कोठामा बस्ने अन्य व्यक्ति र आफूलाई शाहदम्पतीले धम्क्याउने गरेको र घरको भाडासमेत नतिरेको घरबेटीले प्रहरीसँग दाबी गरेकी छिन् । सोमबार शाहदम्पती र एउटै घरमा भाडामा बस्ने अर्को परिवारबीच झडप भएको थियो । झडप भएपछि शाहकी घरबेटीले प्रहरीलाई खबर गरिन् । जानकारी पाएलगत्तै वृत्तका प्रहरी सोमबार मध्याह्न भ्यान लिएर थापागाउँ पुगेर शाह र बस्नेतलाई पक्राउ गरेका थिए । प्रहरीले शाह, बस्नेत र उनकी घरबेटीलाई प्रहरी कार्यालयमा राखेर विवाद मिलाउन सुरु गरेको थियो । घरबेटी भने शाहदम्पतीलाई आपmनो घरमा राख्ने पक्षमा थिइनन् । प्रहरी कार्यालयमा घरबेटीले 'शाह र बस्नेतले सधैँ लफडा गर्ने गरेको' गुनासो गर्दै घर खाली गर्नुपर्नेमा अडान लिइन् । तीन घन्टासम्म शाह र बस्नेत वृत्त कार्यालयमा राखिएका थिए । अन्त्यमा शाह घरभाडा तिर्न र कोठा छाड्न सहमत भएपछि उजुरी हाल्ने घरबेटीसमेत सहमतिमा आएकी थिइन् । सहमतिलगत्तै तीनघन्टे प्रहरी नियन्त्रणबाट शाह र बस्नेत मुक्त भए । वृत्तका डिएसपी विश्वराज पोखरेलले घरबेटीको उजुरीका आधारमा शाहदम्पतीलाई नियन्त्रणमा लिएको र दुवैपक्ष सहमत भएपछि नियन्त्रणमुक्त गरेको बताए । उनले भने, 'उजुरी आएपछि छलफल गर्न कार्यालयमा बोलाएका थियौँ, दुवैपक्ष सहमत भएर गइसक्नुभयो ।' द्वन्द्व निर्देशनबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका साह पछिल्लोपटक निर्माण एवं निर्देशनमा सक्रिय थिए । ठूले, करण अर्जुन, गाउँले, गंगा राम तथा बस्ती शाहले बनाएका फिल्म हुन् । देउताबाट अभियनमा प्रवेश गरेकी नायिका बस्नेतले टुहुरो, पृथ्वी, भूल, धर्मात्मालगायत दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

Tuesday, March 3, 2009

लोडसेडिङले बितायो

केही साताअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृङ्खला मेरी बास्सै मा ब्याङ्कको एक हाकिमले सेवाग्राहीलाई कार्यलयभित्रको उनको कार्यकक्षमा होइन अफिस बाहिर भेटेको दृश्य देखियो । नेटिभीकै अर्को हास्यश्रृङ्खला जिरेखुर्‌सानी मा पनि एक दृश्यमा कार्यालय प्रमुखले सेवाग्राहीलाई अफिस बाहिरै भेटेको दृश्य देखाइयो । मेरी बास्सै का एक निर्देशक तथा कलाकार केदार घिमिरे -माग्ने बूढा)ले लोडसेडिङको समस्याका कारण हाकिमले आफैँ बाहिर आएर भेट्नु परेको बताउँछन् । उनी भन्छन्, "बिजुली नहुँदा इन्डोर सुटिङ गर्न साह्रै गाह्रो परेको छ ।"
१६ घण्टासम्मको लोडसेडिङको मारले अहिले धेरै सिरियलको स्थिति दयनीय अवस्थामा पुगेको छ । प्रति भाग १५ देखि १७ मिनेटसम्मको विज्ञापन नियमित पाउँदै आएको नेटिभीको तीतोसत्य को विज्ञापन ५ देखि ६ मिनेटमा झरेको छ । नेटिभीमा मात्रै तीतोसत्य, जिरेखर्ुसानी, मेरी बास्सै, झयाइँकुटी झयाइँ, माइती जस्ता सिरियलको निर्माता रहेको वाइङ एजेन्सी मिडिया हबका प्रमुख सोम धितालका अनुसार अरू पनि धेरै सिरियलको विज्ञापनको स्थिति झनै खस्कँदो अवस्थामा छ ।
तीतोसत्य का निर्देशक कलाकार दीपकराज गिरी भन्छन्, "लोडसेडिङको मार सिरियललाई बढी छ त्यसको असर हाम्रो जाँगरमा परेको छ ।" झण्डै ६ वर्षो यात्रा पूरा गर्न लागेको यो शृङ्खला लोडसेडिङकै कारण पहिला जस्तो धेरै मेहनत गर्न नसकेको उनी बताउँछन् । यता मेरी बास्सै का कलाकार/निर्देशक द्वय सीताराम कट्टेल धर्ुर्मुस र केदार घिमिरे माग्ने बूढा भने सिरियल झारा टारे जसरी गर्नु परिरहेको बताउँछन् । आफैँले बनाएको सिरियल टिभीमा आफैँले हर्ेन नपाएको उल्टै दर्शकहरूले हर्ेन पाएनौं त्यसपछि के भयो भन्दै सोध्ने गरेको केदार सुनाउँछन् ।

दलितको विषयमा बनेको फरक धारको टेलिचलचित्र दलन ले प्रसारणको केही महिना धेरै दर्शकको वाह् वाही ! कमायो । तर विद्युत् आपर्ूर्ति कटौतीका कारण यसले ठूलो असर सहनु परेको छ । निर्देशक नवीन सुब्बा भन्छन्, "लोडसेडिङ नहुने हो भने यो सिरियलले दर्शकमाझ निकै ठूलो प्रभाव जमाइसक्थ्यो ।" लामो समयदेखि तीतो सत्य ले प्रति भाग १ लाख ३५ हजार, जिरेखर्ुसानीले १ लाख २० हजार, मेरी बास्सै ले ८० हजार, झयाइँकुटी झयाइँ, माइती लगायतका धेरै सिरियलले ४० हजारको हाराहारी विज्ञापन पाउँछन् ।
लोडसेडिङले सुटिङको समय बढ्नाले सुटिङ खर्च बढेको छ भने विज्ञापन हृवात्तै घटनाले सिरियलको बजार चौपट भएको छ । तर पनि कलाकारलाई मर्कामा नपारेको बताउँछन् मिडिया हबका सोम धिताल । उनी भन्छन्, "मै आफू डुबेर पनि कलाकारलाई सम्झौता गरेको रकम दिएको छु ।" निकै प्रभावित भएपछि केही साता पहिले मात्र तीते, जिरे, मेरी बास्सै लगायतका समूहलाई बोलाएर उनले खर्च धान्न नसकेपछि ५० प्रतिशत पुरानै दोहोर्‍याउने र ५० प्रतिशत मात्र सुटिङ गर्ने भनेर प्रस्ताव राखेका थिए । धिताल भन्छन्, "तर पुरानो दोहोर्‍याएपछि झनै दर्शकले हर्ेर्दैनन् भनेर फेरि निरन्तरता दिने निर्णय गर्‍यौँ ।"
अहिले कान्तिपुर टिभीबाट प्रसारण भइरहेका लगन जर्ुला जस्तो छ, घरबेटी बा, कलेज लोडसेडिङकै कारण दोहोर्‍याइँदैछ । समस्याकै कारण प्रकाश 'झाको चार वर्षपहिले प्रसारण भएको तितेकरेली पुनः प्रसारणमा छ । कान्तिपुर टिभीका वरिष्ठ निर्माता सुरेश पौडेल भन्छन्, "लोडसेडिङ रहुञ्जेल नयाँ सिरियल हाल्ने अवस्था छैन ।" त्यस्तै नेपाल टेलिभिजनको लोकप्रिय पारिवारिक सिरियल करुणा-२ पनि रिपिट गरेर प्रसारण भइरहेको छ । दर्शक र विज्ञापन घट्नु र सुटिङ गर्न समस्याका कारण पुरानो दोहोर्‍याउनुको विकल्प नरहेको निर्देशक महेन्द्र बुढाथोकीले बताए । त्यस्तै माधवदत्त पण्डितले निर्माण गरेको गोपीनाथ बाजे, रवि डङ्गोल बेइमान र पुर्ण थापा सुब्बाले निर्माण निर्देशन गरेको भुइँचालो लगायतका एक दर्जन सिरियल लोडसेडिङकै कारण प्रसारण गर्न ढिला भएको छ । रवि भन्छन्, "अहिले लोडसेडिङको समस्या छ पर्खनुस् स्थिति सुधे्रपछि प्रसारण गर्नुपर्छ भन्ने आश्वासन पाएको छु ।"

सेक्‍सी हीरो चाहियो रे रेखालाई !

कामुक हिरो नभेटिएपछि अभिनेत्री रेखा थापा तनावमा परेकी छिन् । 'दुई साता भइसक्यो, मैले खोजेजस्तो कामुक र ह्यान्डसम केटा अहिलेसम्म भेटेकी छैन,' रेखाले भनिन् । अभिनयको अतिरिक्त निर्माणमा समेत सक्रिय रहँदै आएकी रेखाले पछिल्लो फिल्मको नाम जुराएकी छिन्, 'कसले चोर्‍यो मेरो मन ।' नयाँ हिरोको खोजीमा रहेकी रेखाले यो फिल्ममा पुराना हिरोबाट काम नहुने बताइन् । 'अहिले फिल्मी उद्योगमा सक्रिय कुनै पनि हिरो 'कसले चोर्‍यो मेरो मन'को चरित्रलाई सुहाउँदैन, जसरी भए पनि नयाँ खोजेरै छाड्छु,' रेखाले भनिन् । यसमा अभिनेत्रीको भूमिकामा भने रेखा आफैँ देखिँदै छिन् । हिरोइनचाहिँ रेखाबाट पनि काम चल्ने हिरो नयाँ नभई नहुने किन ? रेखा मुस्कुराउँदै भन्छिन्, 'म त मेरो चरित्र निर्वाह गर्न सक्छु, तर अहिलेका हिरोहरूले नयाँ फिल्मको चरित्रमाथि न्याय गर्न सक्दैनन् ।' चिनजानका मान्छेसँग हिरो चाहियो भन्दै हार-गुहार गरेकी रेखाले नयाँ हिरोका लागि केही मापदण्ड तयार पारेकी छिन्- 'कामुक, प्रस्टवक्ता, जीवन्त अभिनय गर्न सक्ने र क्युट । अझ विदेश बसेर आएको भए राम्रो । नेपाली राम्रो बोल्न नजाने पनि हुन्छ, तर अंग्रेजी उच्चारण स्पष्ट हुनुपर्छ ।' यो फिल्ममा हिरो बन्न विदेश बसेर आएको नेपाली केटा हुनुपर्छ, जसमा रेखाको मन चोर्ने क्षमता पनि चाहिन्छ । आफूले खोजेजस्तो हिरो भेटिएन भने सुटिङ सार्ने मनस्थिति बनाएकी छिन्, रेखाले । भन्छिन्, 'कामुक हिरो भेटिएन भने सुटिङ गरिँदैन, बरु चार महिना पछि सार्छु ।' राजेश हमालदेखि आयुष रिजालसम्मको हिरोइन बनेकी रेखा नेपाली हिरोका कमजोरी आँैल्याउन पनि पछि परिनन् । एकताका विराजको खुलेर प्रशंसा गर्ने रेखाले उनको पनि आलोचना गरिन् । भन्छिन्, 'उनी नायक त राम्रै हुन्, तर पछिल्लो समय व्यवहार राम्रो छैन, हैसियत बिर्सने मान्छेसँग काम गर्न सकिँदैन ।' पछिल्ला दिनमा विराजले निर्माताको सेड्युल पछ्याउन छाडेकाले अरू हिरोको खोजी गर्न बाध्य भएको सुनाइन् । उनकै लगानीमा बनेको 'किस्मत' मा अर्का हिरो आर्यान सिग्देलले काम गरेका थिए, तर नयाँ फिल्ममा आर्यनबाट पनि काम नबन्ने देखेकी छिन् उनले । 'आर्यन नराम्रो त होइन, तर अहिलेको रोलमा आर्यन पनि काम छैन,' भन्छिन् उनी ।