'सुन हजुर घर मेरो टिकरी, जिन्दगीमा क्यै छैन फिकरी' भनेर दाङ जिल्लाको टिकरीमा हुर्किएकी गायिका कोमल वलीको चर्चा बिहेको मौसमहरुमा ज्यादै चर्चामा आउँछ । जीवनका यौवनपूर्ण वर्षहरू बित्दै जाँदा बिहेका बारेमा उनी स्वयंलाई भन्दा उनका शुभेच्छुकलाई चिन्ता बढ्न थालेको छ । अहिले राष्ट्र लोडसेडिङमा परेका बेला उनको चर्चा पनि लोडसेडिङमा परेको छ । फागुन पनि बित्न लाग्दा उनको बिहेको चर्चा पनि सेलाइसकेको छ । प्रस्तुत छ उनै कोमल वलीसँग गरिएको यो संवाद :
तपाइँ बच्चामा के बन्न चाहनुहुन्थ्यो ?
मलाई अझै याद छ, बुवाले भविष्यमा तिमी के बन्छौ भनेर सोध्नु हुँदा म प्रधानमन्त्री हुन्छु भन्थेँ ।
कुन बेला तपाईँलाई म गायिका हुन्छु भन्ने लाग्यो ?
मैले २०४२ सालतिर नै स्कूल पढ्दाताका काठमाडौँ आएर गाउँदा गोल्डमेडल पाएकी थिएँ । खेलकूदमा पनि उत्तिकै सक्रिय थिएँ । म्युजिक नेपालले २०४४ सालतिर राप्तीको भेल एल्बम निकालेपछि गायनमा पनि जम्न मन लाग्यो । किनभने, त्यो एल्बम पश्चिममा निकै पपुलर भयो र हरेक ठाउँ जाँदा मलाई मान्छेले त्यो एल्बमकी गायिका भनेर निकै नै माया गरे । त्यसपछि मेरो बाटो त यही रहेछ भन्ने लाग्यो । (उनले आफ्नै आँखाअगाडि ती हाइहाइपूर्ण दिनहरु अहिले देखेझैँ अनुभूत गरिन् ।)
तपाइँ अहिले त यत्तिकी आकर्षक हुनुहुन्छ, त्यसबेला त झनै हुनुहुन्थ्यो । केटाहरुले आँखा लाउँथेनन् ?
(उनको आँखामा चमक देखियो) लाउँथे होलान् तर मलाई उति याद छैन । किनभने म बेफ्वाँक र टम ब्वाई शैलीकी केटी थिएँ । हामी खेलकूदको क्लोजक्याम्पमा हुँदा केटाकेटीको उति धेरै भेद हुँदैनथ्यो । आफ्नो टिममा बसिन्थ्यो । र, ठूलो मान्छे हुनुपर्छ, नाम कमाउनुपर्छ भन्ने ध्याउन्नले मेरो दिमागमा अरु कुराहरु आउन दिएनन् र शायद कसले मलाई आँखा झिम्क्यायो, केटाको आशय के थियो भन्ने तिर उति ध्यान जाँदैनथ्यो ।
अब यो चैँ नभन्नुस् कि कसैले पनि प्रेम प्रस्ताव राखेन ?(केहीबेर लामो हाँसो हाँस्दै) हैन, हैन । कुनै पनि एक्टिभ केटीलाई केटाहरुले प्रस्ताव नराख्ने भन्ने कुरा नै छैन नि ।
तपाइँको जीवनमा पहिलो प्रेम प्रस्तावका विषयमा बताउनुस् न त ?
(अब चाहिँ उनी निकै गम्भीर देखिइन् । ल्यापटपमा रेकर्ड भइरहेको उनको अन्तर्वार्तातिर उनले एक पटक नजर लगाइन् । घोरिएझैँ गरी उनले दुवै हात कपालमा राखिन् र केही झुकिन् । उनको आँखामा केही असजिलोपन महसूस गरेँ मैले । घोरिएको मुन्टो उठाएर उनले मतिर हेरिन् ।) जसले मलाई जीवनमा पहिलो पटक प्रस्ताव राखेँ, ती पनि खेलाडी नै थिए । तिनी बक्सिङका खेलाडी थिए र एकपटक निकै गम्भीर विरामी परेर अस्पताल भर्ना भए । हामी सप्पै खेलाडीहरु मिलेर उनलाई भेट्न जाने भन्ने कुरा भयो । हामी केटा र केटीको हुल बाँधेर अस्पतालमा उनलाई हेर्न गयौँ । पछि मलाई एकान्तमा बस्न र अरु साथीलाई पठाइदिन अह्राए । म एक्लै भएको मौका पारेर उनले मेरो हात समाते । त्यो क्षणमा मलाई पहिलो पटक लज्जा महसूस भयो । मलाई पहिलो पटक म आफू स्त्री रहेछु र ममा पनि लज्जा रहेछ भन्ने लाग्यो ।
अनि ?(एउटा लामो हाँसो) मलाई त यस्तो भयो.... मलाई एकदमै लाज लाग्यो । मलाई दिमागमा ला...! भन्ने लाग्यो । म अरुलाई कन्ट्रोलमा राख्ने, कडा मिजासकी... यस्ती केटीलाई पनि कसैले मन पराउँदोरहेछ भन्ने लागेपछि मलाई त सिनेमाको जस्तो धडाङधडाङढ्याङ भयो । तर म अलि महत्वाकांक्षी थिएँ । ओहो... मेरो हाल के होला बिहेबारी, प्रेममा फँस्यो भने ! भन्ने लागेर भविष्य बिगार्न हुन्न भन्ने लाग्यो । विस्तारै, उनीसित दूरी कायम राख्न थालेँ । हिजोसम्म केटा र केटीबीच भिन्नता नदेख्ने मलाई अब केटाहरुसित दूरी बनाउनु पर्ने आवश्यकता पर्यो ।
भनेपछि तपाइँलाई पहिलो पटक त्यतिबेला केटी भएको महसूस भयो ?
अँ, भन्या । मेरो मुटु बेस्कन धड्कियो । आमाले भन्नुहुन्थ्यो, अब तँ ठूली भइस् । तर त्यतिञ्जेलसम्म ठूली हुनुको अर्थ थाहा थिएन । तर साँच्चिकै म ठूली भइछु । मलाई पनि कसैले रुचाउँदो रहेछ । जब पहिलो प्रस्ताव आयो, म अत्तालिएँ । तर मेरो जीवनमा यी सबै गौण थिए । प्राथमिकता त ठूलो मान्छे हुने थियो ।
ठूलो मान्छे भएपछि त तपाइँलाई प्रेम प्रस्ताव त कति आए आए होलान्, हैन ?
अँ, त्यो चाहिँ सही कुरा हो । त्यो घटना त शुरुवात मात्र साबित भयो । त्यसपछि त कैयौँ त्यस्ता प्रस्ताव आउन थाले ।
पहिलो बिहेको प्रस्ताव चाहिँ कसबाट पाउनुभयो ?
बिराटनगरबाट । भर्खरको मान्छे हुनुहुन्थ्यो, कलेज पढाउनुहुन्थ्यो । बिराटनगरको तालिम सकिएपछि त उहाँहरु मलाई माग्न दाङ नै पुग्नुभएछ । केटा एकदम राम्रो । उहाँ काले-काले मान्छे, त्यस्ता मान्छे मलाई अति मन पर्छ । दाँत हल्का बाहिर निस्किएको । उहाँहरु माग्न आउनु हुँदा मेरी फुपूले मलाई अहिले नै बिहे नगर भन्ने सुझाव दिनुभयो । फुपूले बुहारी भएर जीवन बर्बाद गर्ने कि अगाडि बढ्ने भनेर मेरो लक्ष्यलाई देखाइदिनु भयो । पछि उहाँले अर्कै केटीसित बिहे गर्नुभएछ र, चिठ्ठी पनि पठाउनुभएको थियो- मेरो जीवनमा पत्नीको कल्पनामा तिमी मात्रै छ्यौ, अझै पनि समय छ भन्नुभएको थियो । तर मलाई अरुको भावनामाथि खेल्ने इच्छा लागेन ।
यी त भए तपाइँलाई आएका प्रस्ताव तर खासैमा तपाइँले कसैलाई त मन पराउनुभयो होला नि ?
अँ, मेरो जीवनमा मैले ज्यादै मन पराएको एक व्यक्ति हुनुहुन्थ्यो, जसलाई म असाध्य प्रेम गर्थेँ ।
के नाउँ ?
नाउँ नभनौँ, किनभने उहाँ स्वर्गे भइसक्नुभयो ।के भो त उहाँसँगको सम्बन्ध ?
(एउटा लामो स्वास र अनुहारमा गम्भीरता) उहाँ हामी १० कक्षामा हुँदा ७, ८ र ९ लाई पढाउनुहुन्थ्यो । मलाई उहाँ ज्यादै मनपथ्र्यो । यो सरलाई माया गर्न पाए, यो सरसित नजिक बस्न पाए, मलाई सरले बिहे गरे... यस्तै मात्र भावना आउँथ्यो । पछि त सरको र मेरो मित्रता बढ्यो । कुरा गम्भीर प्रेमसम्म पुग्यो । उहाँ मलाई यत्ति मन पथ्र्यो कि उहाँसित बिहे गर्न राजी पनि थिएँ । उहाँले पनि उत्तिनै मन पराउनुभएको थियो । उहाँ यति धनी हुनुहुन्थ्यो र उहाँहरुको परिवार यति बृहद् थियो कि त्यहाँ गएर बुझ्दा त अत्यासलाग्दो स्थिति थियो । उहाँको परिवारले फेरि खेलाडी र गायन पेशा अँगालेको मान्छे भनेर हेयको दृष्टिले हेर्नुभयो । तर मलाई यो मञ्जुर थिएन । उहाँको परिवारले मानेन, मैले गायन पेशा त्याग्न चाहिनँ उहाँका लागि । त्यसपछि हाम्रो अफेयर पनि सकियो र बिहेको कुरा पनि सकियो । पछि उहाँले यति भव्य बिहे गर्नुभयो कि त्यो बिहे दाङ जिल्लाकै अहिलेसम्मकै भव्य बिहेमध्ये एक मानिन्छ । धेरैले यस्तो माने- उहाँले मलाई देखाउनका लागि यति भव्य बिहे गर्नुभयो । त्यो बिहे पनि मेरै आफन्तमध्ये एकसित भएको थियो तर उति सक्सेस म्यारिड लाइफ भएन । पछि उहाँले आफूलाई रक्सीमा सिध्याउनुभयो ।
यस्तो ट्रयाजिडी भएपछि बिहेप्रति तपाइँको धारणा कस्तो छ त ?
बिहे मान्छेको जीवनमा जरुरी छ । म पनि यसको विरोधी होइन भन्ने कुरा माथिका कुराबाट त थाहा भइहाल्यो । सेक्सका लागि मात्र बिहे गर्ने भन्ने मात्र होइन । बिहे जवानीका दिनमा भन्दा पनि बुढेशकालका लागि आवश्यक हो जस्तो लाग्छ ।
केही समययता मंसिरमै तपाइँको बिहे खान पाइने समाचार पढिँदै थियो,
फागुन कट्न लाग्यो त ?
अँ, घरिघरि मलाई बिहे गरिदिउँ कि भन्ने झ्वाँक चल्छ । त्यै भएर अब चैँ गर्नुपर्ला भन्छु । तर फेरि यो उमेरमा ह्याण्डसम केटा भएर पनि नपुग्दो रहेछ । जीवनमा एक पटक बिहे गर्ने हो, सम्झौतामा किन बिहे गर्ने भन्ने सोचले पनि ढिला भएको होला । मेरो लेभलमा सोच्ने, काम र कुरा गर्ने मान्छे भएन भने बेड शेयर गर्न मात्र किन बिहे गर्ने ? सम्झौतामा जीवन किन बर्बाद गर्ने भन्ने लाग्छ । हेर्दामा मात्र राम्रो पोइ भएर के गर्नु ? (हि हि हि...पछि उनले एउटा गीत गुन्गुनाइन्, आफैँले गाएको) "साह्रै राम्रो पोई परोस् कलेजमा पढेको, मीठो खाई राम्रो लाई सुखसँग बढेको" मात्रै लोग्ने पाएर के गर्नु ?
अनि कहिलेकाहीँ एक्लोपनले तपाइँलाई सताउँदैन ? बूढेशकालमा के होला जस्तो लाग्दैन ?
म एक्लोपनलाई हावी हुन दिन्नँ । त्यसैले त्यस्तो नराम्रो सोच आउँदैन मनमा । अघिल्ला पुस्ताको बूढेशकालको जीवन देखेर मलाई के लागिरहेको छ भने मेरो पनि उनीहरुको जीवनजस्तै सकारात्मक नै टुंगिन्छन् । बाँचुञ्जेल असल हुने, असल गर्ने हो र मरेपछिको जीवनका बारेमा म सोच्दिनँ ।
MY GIRL a movie
AFNO TV
New Nepali Songs
Showing posts with label komal oli sex. Show all posts
Showing posts with label komal oli sex. Show all posts
Wednesday, March 11, 2009
Subscribe to:
Posts (Atom)




